गैरअावासीय नेपालीलार्इ नेकपाले सदस्यता नदिने, कर्मचारी र शिक्षकलार्इ पनि बन्देज

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीले बुधबार पार्टीको नियमावली पारित गरेसँगै गैर आवासीय नेपाली (एनआरएन)लाई नेकपाको सदस्य हुने बाटो बन्द भएको छ । नेकपाको नियमावलीमा नेपाली नागरिक मात्र सदस्य हुने व्यवस्था गरिएको छ।

तर नागरिकता ऐनले विदेशी नागरिकता लिएका नेपालीको नागरिकता स्वतः खारेज हुने व्यवस्था गरेको छ । उक्त व्यवस्था खारेजीका लागि सर्वाेच्च अदालतमा रिट परे पनि सर्वाेच्चले खारेज गरिदिएकाले एनआरएनलाई नेकपाको सदस्य हुने बाटो बन्द भएको नेकपाका केन्द्रीय सदस्य तथा नियमावलीलाई अन्तिम रूप दिन गठन गरिएको कार्यदलका सदस्य खिमलाल देवकोटाले जानकारी दिएकाे खबर नागरिक दैनिकमा छ ।

नियमावलीमा सिधै एनआरएन पार्टी सदस्य हुन नपाउने विषय नलेखे पनि नेपाली नागरिक मात्र पार्टी सदस्य हुने भन्ने विषयले एनआरएनलाई सदस्य हुनबाट रोक लगाएको देवकोटाको भनाइ छ।

नेकपाको पारित नियमावलीमा कर्मचारी, शिक्षक र प्राध्यापकलाई पनि पार्टी सदस्य हुन नपाउने व्यवस्था गरिएको देवकोटाले जानकारी दिए । नेकपाको केन्द्रीय सचिवालय बैठकले बुधबार बिहान पार्टी नियमावली पारित गरेको हो । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको नियमावली सर्वसम्मत पारित गरेको हो

बिहिबार, असार २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार