डा.केसीको माग तत्काल सम्बोधन गरौंः कांग्रेस नेता गगन थापाको माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्ने सरकारको ध्यानकर्षण गराएका हुन् । थापाले डाक्टर केसीले उठाएको माग व्यक्ति केन्द्रीत र कुनै दल केन्द्रीत नभएको भन्दै माग सम्बोधनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले डाक्टर गोविन्द केसी सत्यको पक्षमा उभिएको पात्र भएको भन्दै भने– ‘उहाँको स्वास्थ्य बिग्रिएको छ । उहाँलाई चिन्नुहोस्, कुनै झण्डा उहाँसँग छैन । कुनै लोभ छैन । स्वार्थ छैन । केबल नसा छ । त्यो नसा नेपालको चिकित्सा शिक्षा सुधार गर्ने नसा । त्यो नसा कसैले नजरअन्दार गरेर उत्रदैन । कसैले तर्साएर पनि उत्रदैन । उहाँको माग सम्बोधन गरौ । नेपाली कांग्रेस सरकारसँग मिलेर काम गर्न तयार छ । यसलाई छलफलको विषय नबनाऔ ।’

उनले एउटा दुईवटा व्यक्तिको स्वार्थको विषयलाई छोडेर शिक्षामन्त्री र प्रधानमन्त्री अघि बढ्ने हो भने चिकित्सा शिक्षा विद्येयक पास गर्न कांग्रेसले सघाउने बताए

सोमवार, असार २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार