राजपालाई झट्का, सर्लाही जिल्ला अध्यक्षले दिए राजीनामा

२५ असार – राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको संयोजकसहित अध्यक्ष मण्डलका तीन जना सदस्य रहेको सर्लाहीका जिल्ला अध्यक्षले राजीनामा दिएका छन् । जिल्लाका अध्यक्ष मण्डलका संयोजक नागेश्वर साहले सोमबार जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

पार्टीको गतिविधि न्यून भएको, केन्द्रीय नेता तथा विधायकहरूले वास्ता नगरेको भन्दै उनले राजीनामा दिएका छन् । यस आर्थिक वर्षमा उनले केन्द्रीय सांसद तथा प्रदेशका सांसदहरूसँग माग गरेको कुनै पनि योजना नपरेपछि राजीनामा गरेको बताइएको छ ।

केन्द्रीय सांसद तथा प्रदेश सांसदहरूले आफुखुशी काम गरेको र पार्टी नेता कार्यकर्तालाई कुनै भूमिका नदिइएको साहको आरोप छ । अध्यक्ष साह राजपा गठन हुनुअघि राजेन्द्र महतो नेतृत्वको सद्भावनाका नेता हुन् ।

सोमवार, असार २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार