लिम्बुवानको SMS आन्दोलन के हो ?

सागर केरुङ १९८८,२००९,२०१३,२०१७,२०२२,२०३४,२०४६,२०५४ र बिशेसगरेर २०६२ सालदेखी
शशक्तरूपमा उठिरहेको लिम्बुवान आन्दोलनले विभिन्न उतरचडावहरु पार गर्दै आएको छ । आज लिम्बुवानको SMS आन्दोलनबारे निकै चर्चापरिचर्चा र आलोचनाहरु भइरहेको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री लगायतका मन्त्रीहरु र सांसदहरुलाई उनिहरुको मोबाइल नम्बरमा “लिम्बुवान स्वायत्त राज्य सुनिश्चित गर” भनेर लेख्ने भनिएको SMS म्यासेज आन्दोलन यसो झट्ट हेर्दा हास्यास्पद जस्तो,म्यासेज बाटै सरकारलाइ दुरसञ्चारमा आधा करोड राजस्व तिरेजस्तो देखिएको छ ।

अलिक सोचनिय कुरा चाहिँ के छ भने बिभिन्न कालखण्डमा लिम्बुवान र नेपाल सरकारको सन्धि सम्झौताहरु हुदै आएका छन् | लिम्बुवान आन्दोलन संगसंगै लिम्बुवानका आदिवासी जनजातीहरु संग पनि नेपाल सरकारले पटकपटक सन्धि सम्झौताहरु गरेका छन् | जसमध्ये तपशिल सन्धि सम्झौताहरुलाई महत्वपूर्ण ठानिएको छ |

१, बिक्रम सम्बत १८३१ साउन २२ गतेको लालमोहर : बिक्रम सम्बत १८३१ सालमा गोरखाली सेनाहरु र लिम्बुवानी सेनाहरुविच अरुणनदीको किनारमा भिषण युद्द भयो | त्यस युद्दमा गोरखापक्षको जित नभएपछी लिम्बुवान स्वायतता कायम रहने सर्तमा बिक्रम सम्बत १८३१ साल साउन २२ गते लिम्बुवान र गोरखालीविच नुनपानी सन्धि भयो | उत्क समयदेखि लिम्बुवान नेपालमा समाहित भयो |

२, बिक्रम सम्बत २०६४ फागुन १८ गते : तत्कालिन मंच सम्बदद संघीय लिम्बुवान राज्य परिषद (संघीय गणतान्त्रिक मोर्चाद्वारा) संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत ऐतिहासिक पृष्टभूमिको आधारमा लिम्बुवान स्वायत राज्य रहने गरि नेपाल सरकार संग भएको पाँच बुदे सहमति |

३, बिक्रम सम्बत २०६४ चैत ६ गते : संघीय लिम्बुवान राज्य परिषद र सात दल संलग्न सरकारी वार्ता टोलि विच “आत्मनिर्णको अधिकारसहितको स्वायत लिम्बुवान” हुनेछ भनेर गरिएको पाँच बुदे सम्झौता |

उपरोक्त ३ सन्धि,सम्झौताहरुसँग जोडिएको आन्दोलन सम्पुर्ण नेपाली नागरिकसँग सम्बन्धित छ । यो १५ बर्षको निरन्तर आन्दोलनमा लिम्बुवान आन्दोलनले बन्दहड्ताल,चक्काजाम,भोकहड्ताल,कालो झन्डा प्रदर्शन,कालो पट्टि प्रदर्शन,लठि जुलुस,राँके जुलुस,सिटि जुलुस,मार्चपास,सिंहदरबार घेराउ,लिम्बुवान अकुपाइ,कविता मार्फत लिम्बुवानको माग,सडकमा फुटबल खेल्दै लिम्बुवानको माग,नाटक मन्चनमार्फत लिम्बुवानको माग,मोटरसाइकल र्याली,रिक्सा र्याली,आमसभा,चलचित्रमार्फत लिम्बुवानको माग,दर्जनौं कितावहरुमार्फत लिम्बुवानको माग,बिज्ञप्ती मार्फत लिम्बुवानको माग,ज्ञापनपत्र मार्फत लिम्बुवानको माग,घोषणापत्रमार्फत लिम्बुवानको माग,केलाङ/यालाङ/माङ्लाङ/कौडा/दौडा/साकेला/बालन/संगीनी मार्फत लिम्बुवानको माग,गीत/संगीत/साहित्यमार्फत लिम्बुवानको माग र आन्दोलनहरु भइसकेको छ । यो आन्दोलन बारे नेपालका शासकहरुले सत्ताको दौडमा बिर्सेको हुनसक्छ । तर, हामी आन्दोलनकारी र बिश्वका शक्तिशाली मुलुकहरु (जसले नेपाल बारे चासो राखिरहेको छ)

र युन,इयु,संयुक्त राष्ट्रसंघहरुले देखिरहेको छ,प्रमाण राखिरहेको छ । वर्तमान लिम्बुवान आन्दोलनको लागि यो SMS आन्दोलन शक्तिशाली र ऐतिहासिक आन्दोलन हो । भोलि एकात्मकवादी पार्टी र तिनका सरकारले लिम्बुवान स्वायत राज्य हुन नदिएको खन्डमा सर्वभौम सत्ता सम्पन्न लिम्बुवान राष्ट्रको आन्दोलन उठ्नेछ ।

तेतिबेला लिम्बुवानको मुद्दा अन्तर्राष्ट्रियस्तरमा पुग्नेछ । बिश्वका मुलुकहरुले,संयुक्त राष्ट्र संघले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गतको लिम्बुवान स्वायत राज्यमा बस्न त्यहाँका नागरिकहरूले के के आन्दोलन गरे भनेर लिम्बुवान आन्दोलनको फाइलहरु पल्टाएर हेर्नेछन् ।

तेतिबेला यो SMS आन्दोलनले महत्वपूर्ण स्थान ओगट्नेछ । यदिबेला संसारका शक्तिशाली मुलुकहरु आतंककारी निर्मुल गर्ने भनेर लागिपरेका छन । यतिबेला हामीले हिंसात्मक आन्दोलन गर्नेबित्तिकै हाम्रो आन्दोलन सधैको लागि समाप्त हुनेछ । एकात्मक राज्यसत्ता र तेस्का अरौटे भरौटेहरुले यो SMS आन्दोलनलाइ खिल्लीउडाइरहेका छन । उनिहरु के चाहान्छन भने लिम्बुवानले हिंसात्मक आन्दोलन गरोस अनि बिश्वको सबै शक्ति खनिन्छ अनि सधैको लागि समाप्त पारौं भन्ने चाहान्छन । तर लिम्बुवान आन्दोलनका नेता कुमार लिङ्देन देखि सागर केरुङ सम्मले यो कुरा नजिकबाट बुझेका छन । लिम्बुवान आन्दोलन के चाहान्छ ??? हिंसात्मक आन्दोलन होइन,शान्तिपूर्ण तर शशक्त ।

 

लिम्बुवानका योद्दा राजकुमार आङ्देम्बे र मनिल तामाङ्लाई आन्दोलनको क्रममा राज्यले हत्या गरेता पनि हामी हिँसा होइन,भरसक कसैको चित पनि नदुखाइ लिम्बुवान स्वायत्त राज्य पुनःस्थापना गर्ने महान सपना लिएर अघि बढेका छौँ । हामी नेपाल भित्रकै लिम्बुवानमा बस्न चाहान्छौँ,हामीलाइ लिम्बुवानमा बस्न नदिए नेपालमा पनि बस्दैनौ । तेसैले सबै ऐतिहासिक भूमी/समुदाय/मातृभाषाहरुको अस्तित्व स्विकार्ने “संघीय सह-अस्तित्ववाद” राजनैतिक दर्शन लागू गर्ने, समाजवाद सम्म पुग्दा पनि ऐतिहासिक समुदायहरु बाँचिरहने “संघीय सामुदायिक समाजवाद” लागू गर्ने,एकात्मक सत्ता र एकात्मक पार्टीहरुको गलत राजनैतिक लाइनले परनिर्भर र मरुभूमि हुँदै गरेको नेपाललाइ बचाउँन प्राकृतिको संरक्षण/

प्राकृतिक मैत्रीमा आधारित “संघीय ईको-ईकोनोमी/वातावरणिय अर्थतन्त्र लागू गर्न,
ऐतिहासिकता र पहिचानको आधारमा १०+१ प्रान्त कायम गर्न, नेपाललाइ बचाउन यो SMS आन्दोलनलाइ सफल पार्नैपर्छ ।

सोमवार, असार २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार