‘विदेशमा अध्ययनरत हरेक विद्यार्थीले आफूलाई नेपालको राजदूत सम्झिनुपर्छ’

नयाँ दिल्ली, अखिल (क्रान्तीकारी) उपाध्यक्ष दिपेश पुनले विदेशमा अध्ययनरत हरेक नेपाली विद्यार्थीले आफूले नेपाली राजदूत सम्झिएर आफ्नो देशको समृद्धिको निम्ती आफूले सक्ने योगदान गर्नुपर्ने बताएका छन् । आफू बसिरहेको देशमा रहेका नेपालीहरुको हकहित र आफ्नो देश निर्माणका लागि विद्यार्थीहरुले राजदूत सम्झेर काम गर्नुपर्ने भनाई छ ।

आइतबार भारतको नयाँ दिल्ली स्थित अनेकास्ववियु र अखिल (क्रान्तिकारी) दिल्लीको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष पुनले विद्यार्थीहरु हिजो व्यवस्था बदल्न लागेका विद्यार्थीहरु अब अवस्था बदल्न लाग्नुपर्ने बताए । ‘विद्यार्थी आन्दोलनको अबको दिशा र हाम्रो कार्यभार’ विषायक अन्तरक्रियामा मुलुकको अबको यात्रा शुसासन र समृद्धि तर्फ हुने बताए । उनले भने, ‘अबको हाम्रो यात्रा आम नेपालीहरुको अवस्था बदल्न हुनेछ । स्थायी वाम सरकार राष्ट्रिय एकता र स्वाधिनताको जगमा समृद्धिको यात्रा तर्फ अघि बढेको छ ।’

नेपाली जनताहरुको लामो समयदेखिको संघर्षको जगमा बनेको संबिधानले परिकल्पना गरे अनुसार बनेको तिनै तहको सरकारमा वामपन्थीको नेतृत्व रहेको भन्दै उनले समृद्धिका लागि सबैको योगदान जरुरी भएको बताए । उपाध्यक्ष पुनले नेपालमा शिक्षा क्षेत्र केही मुठ्ठीभर व्यापारी, दलाल र माफियाहरुको कब्जामा रहेको भन्दै अब एकीकृत अखिलले त्यस बिरुद्ध रचनात्मक र सृजनशील संघर्ष गर्ने बताए । शिक्षालाई वैज्ञानिक र वैज्ञानिक शिक्षालाई आम जनताका छोराछोरीले पहुँचमा लैजान लाग्ने उनको भनाई छ ।

उनले नेपाल भारत सम्बन्धमा केही दलाल र विचौलियाहरुको कारण बेला बेलमा समस्या परेको बताए । फेरिएको परिस्थीति, बदलिएको सरकार र संरचना अनुसार भारतसँग अब नयाँ सम्बन्ध कायम हुनुपर्नेमा उनको जोड छ । यसको लागि विद्यार्थीहरुले पनि भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा नेविसंघ भारतका पूर्व अध्यक्ष सन्दिप राणाले आस्थाका आधारले जो जहाँ सुकै भएपनि विदेश अध्ययनरत विद्दार्थीहरु एउटै मन र तन लिएर आफ्नो देश र एकले अर्कोलाई पर्दा साथ र सहयोग गर्नुपर्नमा जोड दिए ।

त्यसैगरी नयाँ दिल्ली विश्वविद्दालय छात्र संघका पूर्व महासचिव अकित, नेविसंघ भारतका अध्यक्ष गिरी न्यौपाने, नयाँशक्ति विद्यार्थी यूनियन केन्द्रियका उपाध्यक्ष तथा विदेश विभाग प्रमुख दिपक महतो,अनरास्ववियू दिल्ली सचिव सागर केसी लगायतले आफ्नो धारणा राखे । कार्यक्रम अध्यक्ष अखिल(क्रान्तिकारी)दिल्ली अध्यक्ष मदन बस्नेत र अनेरास्ववियू दिल्लीका नेता सन्देश केसीले सञ्चालन गरेका थिए ।

सोमवार, असार २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार