एसईई नतिजा प्रकाशनमा ‘सफ्टवेयरको समस्या’

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०७४ को नतिजा प्रकाशनमा ‘सफ्टवेयरको समस्या’ देखिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहेको छ । नतिजा प्रकाशनका लागि अहिले राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको भनिएपनि सफ्टवेयरमा समस्या देखिएकाले ढिलाइ भइरहेको बोर्ड स्रोतले जनाएको छ ।

आज अपरान्ह ४ बजे नतिजा प्रकाशन गर्ने भनेपनि बोर्डले साँझ पौने ६ बजेसम्म पनि नतिजा प्रकाशन गरेको छैन । बोर्डका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको बताए ।

‘बैठक बस्न ढिला भएकाले केही ढिलाइ भएको छ, केहीबेरमै नतिजा प्रकाशन हुन्छ,’ उनले भने ।

केहीबेरपछि पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरिने छ । गत वर्ष चैत ८ गतेदेखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो

शनिबार, असार ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार