पूर्व राष्ट्रपति यादवले भने – नेपालकाे कुनै सरकारी अस्पतालमा दैनिक एक घन्टा काम गर्ने सोचमा छु

काठमाडौं/ पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका छन्।

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औं बार्षिक साधारणसभालाई सनिबार सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका हुन्। कार्यक्रममा यादवले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरि काम गर्ने सोच बनाएको बताए।

पूर्व राष्ट्रपति यादव राजनीतिमा आउनु भन्दा अघि बीपी कोइरालाको निजी चिकित्सक पनि थिए।

शनिबार, पुस २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार