आइजिपी खनाल भन्छन – चौबीसै घन्टा काममा हुँदा पनि प्रहरी संगठन कहिल्यै जनताकाे प्याराे बन्न सकेन

काठमाडौं / नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पदीय मर्यादामा रहेर काम गर्न प्रहरी संगठनका अधिकारीलाई सचेत गराएका छन्।

पूर्व प्रहरी कर्मचारी परिषद् नेपालको छैटौं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दे प्रहरी प्रमुख खनालले पदीय मर्यादामा रहन सबैलाई सचेत गराए। २४ सै घन्टा काममा परिचालित हुँदा पनि प्रहरी संगठन सधै आलोचनाको केन्द्रमा रहने गरेको भन्दै उनले पदीय दायित्व र मर्यादालाई केन्द्रबिन्दुमा राखेर काम गर्न आग्रह गरे।

कानुनमा भएका छिद्रमार्फत पदीय दुरुपयोग गराउन खोज्नेप्रति सधै सचेत रहन पनि उनले आग्रह गरे।प्रहरी संगठन बलियो भएमा पूर्व प्रहरीहरु प्रतिको आस्था र सम्मान पनि बढ्ने भन्दै उनले प्रहरी संगठनलाई बलियो बनाउन आवश्यक सहयोग गर्न पूर्व प्रहरी कर्मचारी परिषद् नेपाललाई आग्रह गरे।

उनले प्रहरी संगठनले सधै साधन स्रोतको अभाव खेपिरहनुपरेको तितो यथार्थका बीच सुरक्षालाई पनि विकासको अवाधारणसँगै अघि बढाउनुपर्ने मान्यता स्थापित गराउन आफू प्रयत्नशील रहेको बताए।

शनिबार, पुस २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार