रेसम पछि अब पालाे मनाङ्गेकाे पालाे , आइतबार सपथ खुवाइने ,कांग्रेसलगायत अन्य दलको विरोध

काठमाडौं / मनाङ जिल्लाबाट प्रदेश सभामा निर्वाचित भएका स्वतन्त्र सांसद् दीपक मनाङ्गले आइतबार सपथ लिने भएका छन्।प्रदेशसभा सांसद्‍का रुपमा सपथ लिनका लागि आइतबार बिहानै उनी पोखरा जाने तयारीमा रहेको मनाङ्गेको परिवारिक स्रोतले जानकारी दिएको छ।

ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका मनाङ्‍गेको मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा छ। हाल थुना बाहिर रहेकाले मनाङ्गेले प्रदेश सांसदका रूपमा सपथ लिन पाउनुपर्ने माग गर्दै एक साता अघि प्रदेशसभामा निवेदन दिएका थिए। मनाङ्‍गे तत्कालीन पुनरावेदन अदातलबाट दोषी ठहर भएका तर सर्वोच्चबाट फैसला आइ नसकेकाले सपथ लिन पाउनुपर्ने तर्क उनका पक्षमा रहेकाहरूले गर्दै आएका थिए।

आइतबारका लागि का लागि कार्यव्यवस्था समितिको बैठक बोलाइएको नेकपाका प्रमुख सचेतकले मायानाथ अधिकारीले पुष्टि गरे। तर सपथ हुने/नहुने बारे उनले खुलाउन चाहेनन्। यसअघि रेशमकुमार चौधरीले प्रतिनिधिसभा सांसदका रुपमा सपथ लिएपछि मनाङ्गेले पनि सपथ लिने बाटो खुलेको हो।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा जेल सजाय भोगिरहेका चौधरीले सपथ लिएसंगै निलम्बनमा रहेका प्रदेश सांसद दीपक मनाङ्‍गेको सपथ के हुने भनी चर्चा सुरु भएको थियो।

शनिबार, पुस २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार