बंगलादेश प्रिमियर लिगमा सन्दिपको पहिलो खेल भोलि, अभ्यासमा देखिए स्टार खेलाडी

काठमाडौं। बिग बाश लिगका सुरुवाती ४ खेल खेलेपछि बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश पुगेका नेपाली खेलाडी सन्दिप लामिछाने आफनो पहिलो खेल खेल्न भोलि मैदानमा उत्रिँदैछन् । आज सन्दिप आबद्ध टिमले भोलिको खेलको लागि अभ्यास गरेको छ । सन्दिप यहाँको सिलेट सिक्सर्स टिममा आबद्ध छन् । यो टिमका कप्तान बस्ट्रेलियाका स्टार ब्याट्सम्यान डेभिड वार्नर हुन् ।

सिलेट सिक्सर्समा वेष्ट इण्डिजका स्टार टि–२० खेलाडी आन्द्रे फ्लेचर, निकोलस पुरन, फेबियन एलेन, दक्षिण अफ्रिकाका इमरान ताहिर, इङल्याण्डका प्याट ब्राउन, पाकिस्तानका मोहम्मद इरफान, मोहम्मद नवाज, सोहेल तनवीरसहित बंगलादेशका सब्बीर रहमान, लिटन दास, तास्किन अहमद लगायतका स्टार खेलाडीहरु छन् । टिमका कोच पाकिस्तानका वकार युनिस हुन् । सिलेट सिक्सर्सले भोलि दिउँसो सवा १२ बजे तमिम इकबालको कप्तानीमा रहेको कोमिला भिक्टोरियन्ससँग खेल्नेछ ।

शनिबार, पुस २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार