अमेरिकासंग युद्ध लडन चिन तयार र सक्षम छ – राष्ट्रपति सि

चिनियाँ राष्ट्रपति सि जिनफिङले चीन युद्धको लागि तयार भएको बताएका छन्।उनले देश संकटमा गुज्रिएको अवस्थामा त्यसको सामनका लागि तयार हुन पिपल्स लिबरेसन आर्मीलाई सचेत गराएको द ग्लोबल टाइम्सले जनाएको छ।

शुक्रबार राजधानी बेजिङमा भएको सेन्ट्रल मिलिट्री कमिसनको बैठकमा सिले देश खतरातर्फ बढीरहेको अवस्थामा सुरक्षा अधिकारीहरुलाई सजग रहन निर्देशन दिएका थिए।

उनले बैठकमा भने,‘विश्वमा यस्तो बदलाव भइरहेको छ। जुन वितेको एक दशकमा कहिल्यै भएको थिएन। त्यसको लागि हामी सचेत रहनुपर्छ। रणनीति विकास गर्नुपर्छ।’सिले चिनियाँ सेना युद्धका लागि तयार भएको बताएका छन्। उनले सैन्य अभ्यासका लागि महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर समेत गरेका छन्।

युद्धको लागि तयार हुनुको कारण?

द ग्लोबल टाइम्सका अनुसार दक्षिण चीन सागरमा चीन आफ्नो नियन्त्रण बढाउन चाहन्छ। यस्तै अमेरिकासँगको व्यापार युद्ध र ताइवन सम्बन्धलाई लिएर उत्पन्न हुनसक्ने खतराको सामना गर्न चीन तयार हुन चाहान्छ।

यसवर्ष पिपल्स लिबरेसन आर्मी पिएलएको युद्ध क्षमता जाँच गर्न चीनले क्षमता प्रदर्शन कार्यक्रम आयोजना गर्नेछ। ग्लोबल टाइम्सका अनुसार सैन्य अभ्यासबाट चीन आफू सबैभन्दा शक्तिशाली भएको देखाउन चाहान्छ।जसले जस्तोसुकै युद्ध जित्ने सामथ्र्य राख्न सक्दछ। एजेन्सी

शनिबार, पुस २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार