प्रिय प्रधानमन्त्री ज्यू, शीघ्र स्वास्थ्य लाभको कामना !

संजिव कार्की

प्रधानमन्त्रीज्यू तपाई बिरामी भएको खबर तपार्इले आयोजना गर्नुभएको चियापानमा जब तपाई अनुपस्थित हुनुभयो तव मात्र जानकारीमा आयो । शनिबार कार्यक्रमको आयोजना गर्नु भएको भए पनि तपाई शुक्रबार देखिने बिरामी हुनुभएको रहेछ । तपाई बिरामी हुनुभएको सत्य छोपेर चियापानको अन्तिम अन्तिम बेलासम्म पनि भृकुटीमण्डपमा तपाई आउने झुट सम्प्रेषण गरिरहेका थिए नेताहरु । के तपाई रहरले बिरामी हुनु भएको हो र रु आफूले बोलाएको चियापान अनि आगन्तुक पाहुनालाई तपाई आफैंंले स्वागत गर्न के मन थिएन होला र रु तर पनि किन आफु बिरामी भएको सत्य ढाकेर झुट बोल्न लगाउनु भयो रु तपाई दीर्घ रोगी हुनुहुन्छ । बेला बेलामा तपाईलाई रोगले आक्रान्त पारेर सताउछ । दुख दिन्छ काम गर्न अवरोध सिर्जना गर्छ यो कुरा देश दुनियाँ, रैती नागरिक सबैलाई थाह छ । तर पनि बिरामी हुनुलाई किन लुकाउने कष्ट गर्नुहुन्छ रु डोकोले छोपेको लाज कतिदिन ढाकिन्छ रु सत्य कुरा भनेर आराम गरेर औषधी सेवन गरेर बस्न कसैले पक्कै पनि बाधा गर्ने छैनन् । बिरामी हुँदा गर्ने मानवीय संवेदना सबैले पालन गर्नेछन । किनकी दुर्घटना भएर जीवनमरणको संघारमा रहेर २०५१ सालमा स्वर्गीय मनमोहन अधिकारीले फेस गरे जस्तो अवस्था अहिले तपाईलाई छैन र शेर बहादुर देउवा स्वयं तपाईको भीमकाय आकार र शक्तिको अघि निरिह र नाजुक छन् ।

यदि त्रिशंकु संसद हुँदो हो त्यो अमानवीय शृंखला दोहोर्‍याउन देउवाको धर्मले लाज मान्दैनथ्यो किनकी सत्ताको अभावमा कांग्रेस पानी बिनाको माछो भएको सबैलाई थाह नै छ । ख्याल राख्नुस प्रधानमन्त्री ज्यू, तपाई दुई तिहाइ बहुमत नजिक हुनुहुन्छ तपाईलाई छेक्ने रोक्ने र खुट्टा तान्ने कसैको ह्याउ छैन । पाच बर्ष जनताले शासन गर्न लालमोहर लगाई दिएका छन् । पाँच वर्षे मंजुरीनामामा ल्याप्चे हानेका छन् । इन्द्रका बाउ चन्द्र प्रकट भए पनि बाहिरी शक्ति र तागतले तपाईको बाटो छेक्ने त के, बाटो ढुकेर पछाडीबाट ढुंगाले हान्ने तागत समेत गुमाएको प्रतिपक्ष छ । यति सहज, यति सरल, यति अनुकुल परिस्थिति हुँदा पनि बिरामी भए भन्न किन लुकाउनु पर्‍यो रु तपाई बिरामी हुनु अपराध र पाप त होइन नि रु चियापान समारोहमा आफ्नै कार्यकर्तालाई समेत किन गुमराहमा राख्नु पर्‍यो । पक्कै यस भित्र अन्तर्निहित सत्य झुट जे भए पनि तपाईलाई नै थाह होला । तर देशको प्रधानमन्त्री बिरामी भएको खबर छिटो थाह नदिनु जनताको यथार्थ सूचना पाउने अधिकारको हनन् हो भन्ने मेरो बुझाई छ ।

देशको प्रधानमन्त्री बिरामी हुँदा थाह नदिनु सूचनाको हक कुण्ठीत भएको महशुस भएको छ । दुई तिहाई बहुमतले शासन गरेको राज्यमा प्रधानमन्त्री बिरामी छन् भन्न किन लजाउनु र धकाउनु पर्‍यो रु सत्य तथ्य सार्वजनिक गर्न किन हिच्किचाउनु भयो रु अझ अर्को दुःखद कुरा बिरामी भएर पनि किन अस्पताल जान र बस्न आनाकानी रु तपाई आफ्नै रहरले प्रधानमन्त्री निवासमा बस्नु भयो कि अरु कसैको कर बलमा रु तपाइँको राजनीतिक र चिकित्सक सल्लाहकार टिमले किन पूर्व सावधानी अपनाएर बिरामी हुने बित्तिकै अस्पताल लैजान चाहेनन रु संक्रमण अधिक भएपछि मात्र किन शुक्रबार देखिको बिरामी सोमबार बिहान मात्र अस्पताल लगियो रु अरु सामान्य मान्छेभन्दा फरक बिरामी र रोगले ग्रस्त तपाई किन स्वास्थ्य प्रति लापरबाही रु १२ वर्ष अघि दुवै मृगौला ट्रान्सप्लान्ट गरेको रोगी मान्छेप्रति जुन समवेदनाशीलता, गम्भीरता र तदारुकता देखाउनु पर्ने हो त्यो देख्दा भने तपाई जसको घेरफेरामा हुनुहुन्छ ती मान्छेहरु पक्कै संवेदनहिन र विषयको गम्भीरता बुझ्न नसक्ने मान्छेहरु हुन् । जसबाट प्रधानमन्त्री कार्यालयले जनताको काम हुन्छ भन्ने अपेक्षा नेपालकै जाति भन्दा अतियुक्ती नहोला । प्रधानमन्त्रीको स्वास्थ्यप्रति गम्भीर नदेखिएका मान्छेहरु अरु जनताको कामप्रति गम्भीर , संबेदनशिल र जबाफदेही बन्लान र रु जति कुरा हुन्छ त्यो कुराको थोरै प्रतिशत मात्र पनि काम हुँदो हो त धेरै हुन्थ्यो तर यति निकम्मा नालायकहरुको घेराबन्दीमा तपाई हुनुहुदो रहेछ जसले तपाईको स्वास्थ प्रति त उपेक्षा गरे भने अरु दैनिकको काम प्रति कुन रुचि देखाए होला र रु

प्रधानमन्त्री ज्यू, तपाईको शीघ्रातिशीघ्र स्वास्थ लाभको कामना संगै तपाईको किचेन क्याबिनेट देखि अन्यत्र मन्त्रालय जहाँ जहाँ कार्यकर्ता नेताको सल्लहाकार वा विषय विशेषज्ञ भनेर राजनीतिक नियुक्ति दिनु भएको छ तिनीहरुको पुनःमूल्याकंन गर्नुस । सच्चिने सच्याउनुस, फिर्ता पठाउने फिर्ता गर्नुस । अनि आँखा चिम्लेर योग्य र क्षमतावानहरुको समुह बनाउनुस । भटाभट भर्ती गर्नुस तपाईको धपेडी पनि कम हुन्छ स्वास्थ्य पनि बिग्रदैन । स्वास्थ्य समस्या आयो भने पनि शीघ्रअस्पतालको मुख देख्न पाउनु हुनेछ । देशले पनि नयाँ गति समात्नेछ । अन्यथा तपाई बोलेको बोल्यै गर्ने तपाइको टिम घाम तापेर बस्ने माखो नमार्ने हुन्छ ।

यतिखेर तपाईको असफलता भनेको मुलुकको असफलता हुनेछ । दुई तिहाईप्रतिको विश्वास र भरोसा चकनाचुर हुनेछ । जनताको विकास, शान्ति शसासन र समृद्धिको चाहनामा तुषारापात हुनेछ । राजनीति प्रति वितृष्णा र घृणा प्रकट हुनेछ । राजनेता बन्ने तपार्इको सुनौलो अवसर खेर जानेछ र देश भासमा जाकिनेछ । तपाईले भर्नु भएको आशा उमंग र भरोसाको खेतीमा खडेरी पर्नेछ । अनिकालले ग्रस्त दरिद्र मानशसकताको हालीमुहाली चल्नेछ । देश नरकमा फस्ने छ । हामी नरकको बासमा परेर निसासिंदै कुन जुनीको पाप र अधर्मबाट यस्तो दुर्गति भयो भनी देशलाई र आफूलाई सरापेर नराधम कस्ट खप्न विवस हुनेछौं ।

त्यसैले प्रधानमन्त्री ज्यू,

तपाई सफल बन्नुस अझै चार वर्ष भन्दा बढी समय बाँकी छ । सुधार हुने र गर्ने थुप्रै अवसर हातमा छ । सदुपयोग गर्नुस देश जोगाउनुस । दस बर्षसम्म हिंसात्मक द्वन्द्व भोगेर बालबाल बँचेको तन्ग्रिएको देश पुनः हत्या हिंसा र द्वन्द्वमा जानबाट रोक्नुस । निराशा बढ्दै जादा फेरि हतियार न उठला भन्न सकिन्न । हामीलाई एक आपसमा लडाएर मजा लिने र हतियारको विक्री गर्ने साहूहरु मौका पर्खेर बसेका छन् । हाम्रो देश अशान्त हुँदा कमाउनेहरू धेरै छन् । जसले बिभिन्न बहानाना द्वन्द्वको पसल थापेर द्वन्द्वको बिउ रोपेर हामीलाई लडाउन भगिरथ प्रयत्न गर्दैछन । तिनीहरुको सबै षडयन्त्र निस्तेज पार्न पनि तपाई ठिक हुनुपर्छ । चांडो निको हुनुपर्छ । यतिबेला तपाईको स्वास्थ्य बिग्रनु भनेको प्रत्येक नेपालीको स्वास्थ्यमा आघात पर्नु हो । आजै तपाई अस्पताल भर्ना हुँदा मात्र देशलाई कति घाटा भयो तपार्इले थाह पाउनु भयो होला । देशका सबै लब्धप्रतिष्ठित मान्छे अस्पतालमा तपार्इको स्वाथ्यलाभको कामना गर्न बिहान देखी बेलुकी आठ बजेसम्म लाम लागेका थिए ।

मन्त्रिमण्डलमा रहेका उपत्यकामा उपलब्ध सबै मन्त्रीहरु, सबै संसद, सबै नेता, बिपक्षी दलका नेता लगायत सबै राजनीतिक व्यक्तित्व काम छोडेर स्वास्थ्यलाभको लागि लाम लाग्दा देशको काम बर्बाद भएन होला र रु तपाई हिसाब गर्नुस त तपाई एक दिन अस्पताल बस्दा त्यो जनशक्ति निस्काम बन्यो कति कामहरु अवरुद्ध भए । त्यति धेरै मान्छे अनि त्यति ठूला पदासिन मान्छे नहुँदा कति सरकारी अर्धसरकारी कामहरु रोकिए होला, कति महत्वपूर्ण निर्णय र अवसरहरु छुटे एक दिन बसेर हिसाबकिताब र गरौ त, राष्ट्रको घाटा कति निस्कँदो रहेछ रु प्रधानमन्त्री बिरामी हुनु भनेको देश ठप्प हुनु हो । देश नै ठप्प पारेर बिरामी तपाई रहरले खुशी र उमंगले हुनुभएको होइन त्यसैले तपाइको पल पल समय र स्वाथ्यको महत्व छ । तपार्इको स्वास्थको खेलबाड तपाई स्वयमले समेत गर्ने छुट छैन भने अरु जनताको करमा मस्ती मार्नेहरुले आफ्नो कर्तव्यबाट च्युत भएर भाग्ने छुट कसरी हुन्थ्यो र रु एउटा सानो र थोरै दायित्व भएको कार्यालयको हाकिम र कर्मचारी अनुपस्थित हुँदा कति ह्याम्पर हुन्छ भने देशको नै हाकिम सबैभन्दा ठुलो कार्यकारी मान्छे बिरामी हुँदा कति ह्याम्पर हुन्छ त्यसको लेखाजोखा आ(आफ्नो ठाउ बाट गरौ त ।

प्रधानमन्त्री बिरामी हुन् सक्नुहुन्छ । बिरामी हुनु अस्पताल पुग्नु कसैको बसको विषय होइन । तर उहाँको अनुपस्थितिमा किन देश नै ठप्प बन्ने स्थिति बन्छ त्यसको पुनःसमीक्षा गरेर नयाँ र प्रभावकारी संरचना निर्माण गरी पद्धती बसाउन प्रधानमन्त्रीले अब विशेष चासो राखेर जमर्को गर्नुपर्छ । हामीकहाँ सिस्टम नभएर हो या किन हो कति महत्वपूर्ण सबाल र संबेदनशील विषयमा तपाईका ‘किचेन क्याबिनेट’का सदस्यहरु आज मनमोहन भास्कुलर ट्रान्स प्लान्ट सेन्टरमा बसेर गफिदै थिए जुन सुन्दा पनि सरम लाग्छ । एक जना संसद भन्दै थिए चाइना जान मन थियो मलाई किन छुटाएको तर अब युके जाने रहर छ त्यहाँ चैं म नछुटु नि । प्रधानमन्त्रीको सल्लाहकार टीममा साथी भएको के काम भयो र रु कति हल्का र कति खुद्रा रहर सौख पालेर संसद भएका छन् मान्छेहरु रु एउटा संसद्को रहरमा घुम्न जाने ठाउँ हो प्रधानमन्त्रीको विदेश भ्रमण रु कसैको सिफारिसमा कसैको अनुनय बिनय अनि निगाहमा जाने ठाउँ हो प्रधानमन्त्रीको विदेश भ्रमण रु

निश्चित मापदण्ड र क्षेत्रको आधारमा पररास्ट्र मन्त्रालयको कार्यविधि र छनौटको आधारमा विदेश भ्रमण तय हुन्छ कि कुनै सल्ल्हाकारको साथी इस्ट र आफन्त हुनुको कारण रु यो त् सानो उदाहरण हो । भट्टीमा बसेर सरकारी काम र बन्दोबस्तीको कुरा हुन्छ प्रधानमन्त्री ज्यू अब भन्नोस् जनताले न्याय पाउँछन कि सेवा र सुबिधा रु यी यावत समस्याको पहिचान गरेर निराकरण गर्न र कर्मचारीतन्त्रमा आमुल परिवर्तन गरि समयानुकुल बनाउन पनि तपाई स्वस्थ भएर छिट्टै फर्कनु पर्छ । भारत लगायत देशमा राजदुत नियुक्त गर्नुपर्ने छ । तर हल्ला सुनिन्छ भारतको लागि राजदूत भेटिएन रे रु के यो सत्य हो कि भारत आफैंले फलानो राजदूत भनेर सिफारिस गर्नुपर्ने हो रु

प्रधानमन्त्री ज्यू,

तपाई बिरामी भएको बेला यस्तो लेखे माफ गर्नुहोला । म आज तपाई स्वास्थ लाभको कामना गर्न गएथें । हुनत मेरो स्वाथ्य लाभ म जस्ता लाखौको स्वास्थ्य लाभले के हुन्थ्यो जे हुन्छ औसधि र सुइले हुन्छ । तपाइँको भौतिकवादी दर्शनले त्यसै भन्छ तर पनि भावना हो आइहाल्छ । हामीले त् मनै देखि कामना गरेका छौं । पक्कै तपार्इलाई नेपाली जनताको कामना लाग्नेछ । तपाई स्वस्थ बन्नुहुनेछ र जनताको नेता ‘राजनेता’ बनेर जनमुखी कार्य गर्नुहुनेछ । प्रधानमन्त्री ज्यू पुनः स्वास्थ लाभको कामना गर्दै बिदा लिन्छु ।

(उही तपाईको सुभेच्छुक

मङ्लबार, कार्तिक १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार