पेट्रोलियम पदार्थ ढुवानी नगर्ने ट्यांकर चालकसँग साँचो खोस्न निर्देशन

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी नगर्ने ट्यांकर चालकसँग साँचो खोस्न थालेको छ । इन्धन ढुवानीमा असयोग गर्नेको साँचो खोस्न मातहतको निकायलाई निर्देशन दिएको र प्रहरीसँग पनि समन्वय भइरहेको निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले  जानकारी दिनुभयो ।

 

उहाँका अनुसार ट्याङकर चालक र इन्धन ढुवानीकर्ताले तत्काल ढुवानी नथाले निगम आफैँले कडा सुरक्षाकाबीच ढुवानी थाल्नेछ । त्यसका लागि निगमले आफैँले ६० जना चालकलाई तयारी अवस्थामा राखेको छ ।

यस्तै निगमले अब आफैँले ढुवानीका लागि ट्याङकर किन्ने तयारी गरेको निगमका निमित्त कार्यकारी निर्देशक शुसिल भट्टराईले बताउँनुभयो ।

‘निगमसँग ट्याङकर नहुँदा ढुवानीमा धेरै समस्या भयो, अब निगमले आँफैले ट्याङकर खरिद गर्नेछ, यो विषयलाई हामीले पहिलो प्राथमिकतामा राखेको छ’ उहाँले भन्नुभयो । चालकले पेट्रोलियम पदार्थको ढुवानी रोकेसँगै काठमाडौं उपत्यकासहित देशभरको पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेको छ ।

शुक्रबार, अशोज ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार