न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने तयारी

काठमाडौ , ४ असोज – प्रधानन्यायाधीशबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोग लगाउने तयारी भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी९नेकपा० भित्र जोशीले राजीनामा दिनुपर्ने माग उठिरहेका बेला यस्तो तयारी थालिएको हो ।

नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा नेकपा नेताहरु जोशीलाई महाअभियोग लगाउने विषयमा छलफल जारी रहेको पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।

‘संसदीय सुनुवाई समितिबाट अयोग्य भइसकेकाले जोशीले राजीनामा दिएकै राम्रो हो । तर उहाँले दिनु भएको छैन’, तामाङले भने, ‘अयोग्य भइसकेका व्यक्ति अदालतमा बसिरहेमा संसदले आवश्यक परेको बेलामा महाअभियोग लगाउनसक्छ । कुन बेला महाभियोग लाग्छ ।’

उनलाई संविधानको धारा १०१ अनुसार संविधान र कानूनको गंभीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेकोलगायत कारण देखाउँदै महाअभियोग लगाउने तयारी रहेको नेकपाका नेताहरुले बताएका छन् ।

वरिष्ठताका आधारमा जोशीलाई प्रधान न्यायाधीशका लागि संवैधानिक परिषद्ले सिफारिश गरे पनि संसदीय सुनुवाई विशेष समितिले उनको नाम दुई तिहाई बहुमतले अस्वीकृत गरेको थियो ।

बिहिबार, अशोज ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार