नेपाल र चीनको सम्बन्ध नङ र मासुको जस्तै छ: उपराष्ट्रपति पुन

चीन, ४ असोज – चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा ९ औं पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई सम्बोधन गरेका छन् । बिहीबार विहान उक्त मेलाको उद्घाटन समारोहलाई उपराष्टपति पुनले सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा उपराष्ट्रपति पुनले नेपाल र चीनको सम्बन्ध नङ र मासुको जस्तै भएको भन्दै इतिहास, परम्परा मूल्यमान्यताहरु तथा भूगोलले एक अर्काबाट छुट्टिनै नसक्ने गरी जोडेको बताए ।

यस्तै उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध भएको बताउँदै नेपाल आफ्नो भूमिलाई चीनबिरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको स्पष्ट पारे ।

मेला उद्घाटन समारोहलाई चीनका उपप्रधानमन्त्री हु छिन्हृवा, चिनियाँ कम्यूनिस्ट पार्टी ९सीपीसी०का सिचुवान प्रान्त सेक्रेटरी पेङ्ग छिङहुवा र इटालीका उपप्रधानमन्त्रीले पनि सम्बोधन गरेका छन् ।

उपराष्ट्रपति पुनले बिहीबार नै बेल्ट एण्ड रोड सम्बन्धी व्यवसायीहरुको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

बिहिबार, अशोज ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार