डोल्पामा चुनाव हार्ने देखेर व्याक भएका बामदेवको आँखा बाँकेमा, राजीनामा दिन सांसद रोकायमाथि दबाब

काठमाडौ , ३० भदौ– नेकपा नेता वामदेव गौतमले बाँकेबाट निर्वाचन लड्ने चाहना राखेका छन् ।

डोल्पाबाट चुनाव लड्ने चाहना पूरा नभएछि बामदेवको आँखा बाँकेतिर गएको हो । बामदेवले बाँके–३ बाट चुनाव लड्ने इच्छा पार्टीमा राखेका छन् । गत निर्वाचनमा उनी बर्दिया–१ बाट
काँग्रेसका सञ्जय गौतमसँग जराजित भएका थिए । बामदेवले निर्वाचचन चाहेको बाँके–३ बाट नेकपाका नन्दलाल रोकाय विजयी भएका थिए । रोकायले बामदेवका लागि उक्त क्षेत्र खाली गरदिन पार्टी महासचिव विष्णु पौडेलले आफूलाई राजीनामा दिन दबाब दिएको बताएका छन् । यद्यपि उनले पौडेलको प्रस्ताव अस्वीकार गरेका छन् । पार्टी अध्यक्ष केपी ओलीबाहेक अरुले भन्दैमा राजीनामा नदिने रोकायले बताए ।

‘पार्टीले निर्णय गर्छ भने म तयारै छु’, उनले भने, ‘तर कसैले व्यक्तिगत रुपमा बदाब दिँदैमा बामदेवका लागि मेरो क्षेत्र खाली गर्दिन ।’ यसअघि डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गराएर बामदेवलाई त्यहाँबाट निर्वाचन लडाउेन तगारी भएको थियो । राजीनामा गर्नुअघि बामदेवकै आग्रहमा बुढा मतदातासँग सल्लाह लिन भन्दै राजधानीबाट जिल्ला गए । त्यस क्रममा उनलाई पार्टी नेता तथा कार्यकर्तादेखि मतदाता र जिल्ला बासीले पाँच वर्षका लागि आफूहरुले चुनेर पठाएका प्रतिनिधिलाई बीचैमा राजीनामा गराएर बामदेव निर्वाचनमा आए हराएर पठाइदिने चेतावनी दिएपछि बुढा पछि हटेका थिए ।

शनिबार, भदौ ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार