केपी ओलीले भन्छन् – भारतसँग झगडा होइन, मिल्नुपर्छ

काठमाडौ , २९ भदौ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतका बीच सिमानामा विवाद हुन नहुने बताएका छन् ।

नेपाल–भारत अन्तर्राष्ट्रिय सीमासम्बन्धी बैठकलाई बिहीबार सिंहदरबारमा सम्बोधन गर्दै उनले सिमानामा देखिएका विवाद समाधान हुनै नसक्ने प्रकारका नभएकाले विवाद गर्न नपर्ने बताए । ‘कहीँ कतै समस्या देखियो भने दुई पक्षबीचको छलफल, विगतका प्रमाण, विज्ञका सुझाव लिनुहोस्’ ९प्धानमन्त्री ओलीले भन्नुभयो, ‘तपाईंहरुले संकलन गरेका सुझाव सरकारलाई बुझाउनुहोस् र सरकारको रायका आधारमा निर्णय गर्नुहोस् ।’

नेपाल–भारत सम्बन्ध अहिले नयाँ उचाइबाट अघि बढेकाले त्यही कोणबाट भारतसँग परामर्श गर्नुपर्ने उनको भनाइ थियो । ‘हामी झगडाको पक्षमा होइन, दुई देशको मित्रताको पक्षमा छौँ’, प्रधानमन्त्री ओलीले भने । कार्यक्रममा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल–भारत सीमानाको वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शुक्रबार, भदौ २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार