ओली सरकारले गर्यो नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

काठमाडौ सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट बर्खास्त गरेकाे छ ।

म‌ंगलबार साँझ बसकाे मन्त्रीपरिषदकाे बैठकले कामिनीलाई हटाउने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गाेकुल बाँसकाेटाले बताए ।

राजभण्डारीमाथि टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्किँदै जाँदा तथा अन्य प्रतिस्पर्धी सेवा प्रदायकभन्दा ओह्रालो लाग्दा पनि कम्पनीको सेवा प्रवाह सुधार गर्न असक्षम भएको आरोप लाग्दै अाएकाे थियाे ।

यसअघि उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले स्पष्टीकरण सोधेको थियो ।

राजभण्डारीले तत्कालीन सञ्चारमन्त्री राम कार्कीका पालामा नियुक्ति पाएकी थिईन।

यस्तै मन्त्रीपरिषद बैठकले ५ सदस्यीय परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान पुनर्गठन समेत गरेको छ। प्रतिष्ठानमा लालबाबु यादव, हरि फुयाल, डा. खड्ग केसी, डा. शंकर शर्मा र मिना वैद्यलाई नियुक्त गरिएको छ ।

मङ्लबार, साउन २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार