बिमस्टेकमा सहभागि हुन आउँदा प्रधानमन्त्री मोदीले धर्मशालाको उद्घाटन गर्ने

काठमाडौं, २९ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिर परिसरमा निर्माणधीन धर्मशालाको उद्धघाट्न गर्ने भएका छन् ।
भारतीय राजदूत मञ्जिव सिंह पुरीले बिमस्टेक शिखर बैठकमा सहभागि हुन नेपाल आउँदा उनले काठमाडौं आउँदा पशुपति धर्मशालाको उद्घाट्न गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन् । अगष्ट ३० र ३१ तारेखमा काठमाडौंमा विमस्टेकको शिखर सम्मेलन हुँदैछ । ‘

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयाजना गरेको साक्षात्कारमा राजदुत पुरीले भने,‘ हाम्रो प्रधानमन्त्री नेपाल आउँदा पशुपति धर्मशाला उद्घाट्न गर्ने कार्यक्रम छ । यो खुशीको कुरा हो । तीर्थयात्रीहरुलाई बस्नको लागि अत्यन्तै सहज हुन्छ ।’

प्रधानमन्त्री मोदीको चौथो पटक नेपाल आउन लागेका हुन । ‘यसले पनि देखाउँछ कि हाम्रो प्रधानमन्त्री मोदीको छिमेकी पहिले नीतिमा उहाँ प्रतिबद्ध हुनुहुन्छ । नेपालको जस्तोसुकै समस्यामा पनि भारतको हमेशा साथ र सहयोग रहन्छ । नेपाल भारतको सदैव उच्च प्राथमिकतामा छ’ राजदुतले भने, ‘नेपाल र भारतबीचको नाता विशेष छ । मोदी चौथो पटक नेपाल भ्रमणमा आउनुले नै हाम्रो सम्बन्ध बलियो र मजबुत छ भन्ने कुराको पुष्टि गर्छ । नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध अब उच्च राजनीतिक तहमा पनि केन्द्रित छ भन्ने कुरा प्रष्ट देखिन्छ ।’

मङ्लबार, साउन २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार