प्रकाण्डलाई थप दुई दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं, २७ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता रहेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई चन्दा प्रकरणमा थप दुई दिन थुनामा राख्न अदालतले म्याद दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई गत बुधवार चन्दा लिएको आरोपमा पक्राउ गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको थियो । २०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका विक काठमाडौंमा समातिएका थिए ।

उनले ७ करोड रुपैयाँ चन्दा संकलन गरेका थिए भने उनको खातामा अहिले पनि २ करोड रुपैयाँ देखिएको छ । विभिन्न व्यवसायीलाई धम्काएर चन्दा असुलेका आरोप लगाएको छ ।

यसैबीच उनको रिहाको माग गर्दै अदालतमा बन्दी प्रत्यक्षिकरण रिट परेको छ । नरेन्द्रबहादुर सिंह विकले आइतवार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाएर रिट दायर भएको छ ।

आइतवार, साउन २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार