नेपालसँगको सम्वन्ध थप बिश्वसनीय र परिपक्क भएको छ : भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं, २७ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको भारतको सम्वन्ध थप फराकिलो र गहिरो भएको बताउनुभएको छ ।

भारतीय दैनिक टाइम्स अफ इण्डियालाई अन्तवार्ता दिंदै मोदीले दुई देशबीचको सम्बन्ध थप बिश्वसनीय र परिपक्प भएको समेत बताउन्भएको हो । दुई सातापछि नेपालमा हुने बिमस्टेक शिखर सम्मेलनमा सहभागि हुने प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री भएपछि नेपालसँग भारतको सम्बन्ध थप वलियो र फराकिलो भएको बताउनुभएको हो ।

अखवारले घरेलु राजनीति, आर्थिक बिकास, छिमेकी र अन्तराष्ट्रि सम्वन्ध लगायतका समसामयिक बिषयमा गरेको लामो सम्वादमा मोदीले नेपाल लगायतका साना छिमेकी राष्ट्रसँगको सम्बन्ध र चीनवारे विकसित सम्वन्धका बारेमा आफ्नो धारणा राख्नुभएको छ ।

उहाँले नेपाल र भारतबीचको सम्बन्ध पौराणिक रहेको भन्दै त्यही सम्वन्धको जगमा नयाँ क्षेत्रमा थप बलियो र बिस्तारित सम्बन्ध स्थापित भएको बताउनुभएको हो । ‘नेपालसँगको हाम्रो सम्वन्ध भगवान राम, माता सिता र भगवान बुद्धदेखिको परापूर्व र पौराणिक सम्वन्ध हो’ मोदीले भन्नुभयो,‘हामीले अहिले यी सम्वन्धका आयामलाई जोड दिंदै प्रतिरक्षा, सुरक्षा, ब्यापार, लगानी र विकासमा साझेदारी लगायतका क्षेत्रमा बलियो सम्वन्ध स्थपनामा जोड दिएका छौं ।’

प्रधानमन्त्री मोदीले ऐतिहासिक सम्वन्ध उल्लेख गर्दै त्यसको जगमा अघि बढेको नेपालसँगको सम्बन्ध बिश्वसनीय र परिपक्क भएको बताउनुभयो । ‘आज दुई देशबीचको सम्बन्ध थप फराकिलो र गहिरो हुनुका साथै विश्वासिलो र परिपक्व पनि छ’ उहाँले भन्नुभएको छ ।

नेपाल र श्रीलंका जस्ता देशमा चीनको प्रभाववारे सोधिएको प्रश्नको उत्तरमा मोदीले हरेक देशले हरेक आफ्ना छिमेकी वा देशसँग आफ्नै खाले सम्वन्ध राख्न सक्ने भन्दै त्यसलाई भारतले सहज रुपमा लिनुपर्ने बताउन्ुभयो । ‘चीन वा अन्य कुनै देशले भारतका छिमेकी वा अन्य राष्ट्रहरुसँग आफ्नै खालको सम्वन्ध राख्नु अति स्वभाबिक हो’ उहाँले भन्नुभयो ।

आइतवार, साउन २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार