विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

विराटनगर, २७ साउन । विराटनगर महानगरपालिकाका मेयरको कार्यालयमा बम विस्फोट भएको छ। आइतबार दिउँसो २ बजे महानगरका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै बम विस्फोट भएको हो । विष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन् ।

बम विस्फोटबाट मेयरको गाडीमा क्षति पुगेको छ । विस्फोटपछि कार्यालयमा कर्मचारीको भागभाग चलेको थियो । भागभागको क्रममा कार्यालय साहायक शिवचन्द्र ठाकुर बेहोस् भएका छन्। उनको कोशी अञ्चल अस्पतालमा उपचार भइराखेको छ।

प्रहरीले बम विस्फोट भएको पुष्टि गर्दै विस्फोटमा संलग्न समूहको खोजी भइरहेको बताएको छ । आइतबार दिउँसो २ बजे मेयरको आगन्तुक कक्षमा बम विस्फोट भएको हो । प्रहरीले कुकर बम विस्फोट भएको पुष्टि गरेको छ ।

 

बम मेयरको कार्यकक्षबाट प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष जाने प्यासेजमा विस्फोट भएको हो । बम विस्फोटले महानगरपालिका कार्यालयको झ्यालका सिसा फुटेका छन् । दराजमासमेत क्षति पुगेको छ । बम विस्फोटपछि कार्यालयको काम भने ठप्प भएको छ ।

आइतवार, साउन २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार