प्रधानमन्त्री अोलीले केसीलाइ भने तपाँइ र मेरो अभियान त एउटै रहेछ (भिडियो सहित)

काठमाडौ डा. गोविन्द केसी र प्रधानमन्त्री केपी शर्मा अोलीविच बालुवाटारमा भेट बार्ता भएको छ । बालुवाटारस्थित निवासमा भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो र केसीको अभियान एउटै रहेको तर त्यो बुझ्न आफूलाई समय लागेको बताएका छन्। डा. केसीले शनिबार दिउँसो भेटेपछि सुरुमै प्रधानमन्त्रीले भने, ‘मेरो बुझाइ र तपाईको बुझाई एउटै रहेछ। अब हामी मिलेरै स्वास्थ्य शिक्षाको सुधारका लागि अभियान चालौं।’ डा. केसीले चिकित्सा शिक्षा विधेयक बाहेकका सबै माग पूरा गर्नलाई १५ दिनभित्र कार्यदल गठन लगायत प्रक्रिया सुरु गर्ने आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग माग गरे। केसीले भने, ‘माग पूरा नगरे फेरि पनि म अनशन बस्छु।’ हेर्नुहोस भिडियो

 

 

शनिबार, साउन २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार