मनमोहन अधिकारीपछि देशले पाएको असल प्रधानमन्त्री केपी शर्मा ओली हुन्’(भिडियो सहित)

काठमाण्डौ । प्राध्यापक तथा राजनीतिशास्त्री गंगा थापाले आम जनतामा सरकारप्रति निराशा छाएको सहि भएको बताउँदै पाँच-छ महिनाको अवधिमा ओली सरकार फेल भएको भन्न नमिल्ने बताएका छन्।

सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा कुराकानी गर्दै थापाले पहिलाको जस्तो सुटकेश बोकेर मन्त्री हुने,राजदूत हुने र राजनीतिक नियुक्ती लिने प्रथा हट्ने बताए। प्रधानमन्त्री ओलीले पनि पैसा र पहुँचको भरमा कुनैपनी नियुक्ति नगर्ने बताएकाले त्यसलाई विश्वास गर्नुपर्ने थापाको भनाई छ।

कांग्रेसले शासन गर्न नसकेको कारण कम्युनिस्ट सत्तामा आए तर कम्युनिस्टको विकल्प भने कांग्रेस हुन नसक्ने थापाले बताए।

२०४६ सालपछिका प्रधानमन्त्रीमा कृष्णप्रसाद भट्टराई,मनमोहन अधिकारीपछि केपी ओली तेस्रा राम्रा प्रधानमन्त्री भएको थापाको बुझाई छ।

‘पाँच बर्षमा ओलीको ठाउँमा नेकपाका अरु नेताहरु प्रधानमन्त्री हुन सक्लान् तर कांग्रेसका कोहिपनी सत्तामा पुग्न सक्दैनन्।कांग्रेसले हिजो सत्तामा हुँदा आफूले चाहिँ के गरेको थियो भनेर पनि विचार गर्नुपर्छ। शेरबहादुर देउवा पजेरो र सेक्स टुरिजम र गिरिजा लाउडा-धमिजा काण्डको लागी बद्धनाम भएका हुन्’,थापाले आरोप लगाए।

नयाँ पुस्ताका युवा नेताहरुले चक्लेटि टाइपका भए तर उनीहरुसँग पनि खासै भिजन छैन।उनीहरु पार्टी भन्दा माथि उठ्न नसकेको थापाको बुझाई छ।

‘विप्लव नेतृत्वमा रहेको नेकपाका नेता प्रकाण्डले आफ्नो राजनीतिक अधिकार प्रयोग गरेर विरोध गर्दा उनलाई पक्रिनु गलत हो’,थापाले भने।

हेर्नुहोस् थापासँगको कुराकानी

 

शनिबार, साउन २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार