उपचार गर्न सिंगापुर गएका देउवा भारतीय नेताहरूसँग गोप्य छलफलमा व्यस्त

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला उपचारको लागि सिंगापुरमा छन् ।
देउवा स्वास्थ्य उपचारका लागि बुधबार सिंगापुर प्रस्थान गरेका हुन् । उनीसँगै पत्नी डा. आरजु राणा देउवा पनि त्यसतर्फ प्रस्थान गरेकी थिईन् ।

देउवा पेटको उपचार गर्न सिंगापुर गएका हुन् । उनको सिंगापुर बसाइ कति हुने भन्ने टुंगो लागेको छैन । त्यो उपचारको समयले निर्धारण गर्ने बताइएको छ । स्रोतको अनुसार उनको उपचार सिंगापुरको माउन्ट एलिजावेथ अस्पतामा हुने भनिएको छ ।

सिंगापुरमा उपचारको क्रममा देउवाले राजनीतिक भेटवार्ता पनि गरिरहेको स्रोतको दाबी छ । खासगरी भारतीय नेताहरुसँग देउवाले राजनीतिक भेटवार्ता गरिरहेको स्रोतको दाबी छ ।

यसअघि उपचारमा सिंगापुर गएका नेपाली नेताहरुले पनि भारतीय नेताहरुसँग गोप्य भेटवार्ता गरेका समाचारहरु बाहिर आएका थिए । खबरडबलीमा खबर छ

शुक्रबार, साउन २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार