प्रहरीले पायो गृहमन्त्री थापाको साथ इन्काउन्टरमा प्रहरीे मनोबल गिराउन खोज्नेहरुको योजना बिफल

काठमाडौं, साउन २४- गृहमन्त्री रामबहादुर थापाले ११ बर्षीय बालक निशान खडकाको अपहरणपछि निर्मम हत्या गर्ने अभियुक्तको इन्काउन्टर सही भएको निश्कर्षमा पुग्नुभएको छ । भक्तपुर इन्काउन्टर प्रकरणबारे महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गृहमन्त्री थापालाई विहीबार औपचारिक ब्रिफिङ गरेको थियो ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी धिरजप्रताप सिंहसहितको टोली गृह मन्त्रालय पुगेर भक्तपुर इन्काउन्टरबारे ब्रिफिङ गरेको हो । स्रोतका अनुशार सिंहले गृहमन्त्रीलाई भक्तपुरमा भिडन्त भएको घटनाबारे बताउनु भएको हो । भेटमा सिंहले ‘बाहिर प्रचार गरिएको जस्तो भक्तपुर घटना फेक नभएको’, प्रष्ट पार्नुभएको थियो ।

आइतबार साँझ काँडाघारीबाट अपहरित बालक निशान खड्कको हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न अपहरणकारी गोपाल तामाङ र अजय तामाङमाथि गोली चलाउँदा सोमबार उनीहरुको मृत्यु भएको थियो । इन्काउन्टर घटनाबारे सरकारले छानबिन गर्ने बताइरहेका बेला प्रहरीले गृहलाई घटनाबारे विफ्रिङ गरेको हो । बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले घटनाबारे यथार्थ बुझेर छानबिन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

समितिको बैठकमा सांसदहरुले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेपछि गृहमन्त्रीले छानविनको प्रतिवद्धता जनाउनुभएको हो । इन्काउन्टरमा मारिएका दुई व्यक्तिका परिवारले फेक इन्काउन्टर भएको भन्दै घटनाको छानविनको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगसमक्ष उजुरीसमेत दिएका छन् ।

आईतबार साँझ काठमाडौँको काँडाघारीबाट अपहरण गरेर हत्या गरिएका बालक निशान खड्काको हत्याको मुख्य कारण अझै खुल््न सकेको छैन । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले पैसाकै लागी नुवाकोटका गोपाल र सिन्धुपाल्चोकका अजय तामाङले निशानको हत्या गरेको दाबी गरिरहेका छन् । ‘इन्काउन्टर’ मा अजय र गोपाल दुवैको मृत्यु भैसकेकोले अपहरणभित्रको रहस्य बाहिर आउन सकिरहेको छैन ।

आइतबार साँझ अपरिचित नम्बरबाट आफ्नो सन्तानको अपहरण भएको र छोरा पाउनका लागी शुरुमा २ करोड त्यसपछि ४० लाख फिरौती चाहिने सूचना आएपछि निशानकी आमा चमेली खड्काले प्रहरी कन्ट्रोल ‘१००’ मा फोन गरेकी थिइन् । महानगरीय प्रहरी कन्ट्रोलले तत्काल महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी मनोज न्यौपाने र महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्वराज पोखरेललाई घट्नाबारे जानकारी गराएको थियो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पनि तत्काल घटनाको जानकारी पाएका थिए । बालक अपरहरण भएको सूचना पाएपछि महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी गोविन्द काफ्लेलाई घट्नास्थलतर्फ जान आदेश दिएका एसएसपी विश्वराज पोखरेलले निशानको आमा चमेली खड्कालाई फिरौती माग गर्ने नम्बरमा एउटा एसएमएस पठाए, ‘बच्चा तुरुन्त छोड, नत्र तेरो दिन सकिन्छ भन्दै म्यासेज पठाएका थिए ।

शुक्रबार, साउन २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार