शेरबहादुर देउवाजी आफ्नै पार्टीको नेतृत्व गर्न असक्षम मान्छेले कम्युनिस्ट सरकारको बिरोध किन गर्नु ? सुजाता

सत्ताको नेतृत्व गरिरहेको बेला भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यासित हार व्यहोरेपछि कांग्रेसका अन्य नेताहरु सभापति शेरबहादुर देउवाप्रति खनिइरहेका छन् । पार्टी नेतृत्वका कारण पार्टीले निर्वाचनमा अप्रत्यासित हार व्यहोरेको र संगठनको क्रियाशीलता सून्यमा झरेको उनीहरुको तर्क छ । केन्द्रीय सदस्य सुजाता कोइराला पनि पार्टी सञ्चालनमा सभापति देउवा असफल भएको बताउँछिन । पार्टी सञ्चालनमा देउवा कसरी असफल भए ? आगामी दिनमा कांग्रेसलाई पुरानै विन्दुमा पु¥याउन के गर्नु पर्ला ? अब कांग्रेसका एजेण्डा के हुनुपर्छ भन्ने विषयमा कोइरालासंग गरेको कुराकानीको सारसंक्षेपः

पार्टी सभापति शेरबहादुर देउवा पार्टी र सत्ता सञ्चालनमा असफल भएको धारणा बाहिर आइरहेका छन्, उहाँ असफल नै भइसकेको हो ?

सभापति शेरबहादुर देउवाले पार्टीलाई सहि नेतृत्व दिन सकिरहनु भएको छैन् । उहाँको नेतृत्व असफल भैसकेको छ । उहाँकै कारण पार्टी कमजोर भएको छ । अब पार्टीलाई पुरानै विन्दुमा फर्काउन सक्षम नेतृत्व ल्याउनु पर्नेछ ।

खासगरी आफै प्रधानमन्त्री भएको बेलामा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अप्रत्यासित हार व्यहोरेपछि सभापति देउवामाथि असक्षको आरोप लागिरहेका छन्, के उहाँले अव सभापतिबाट राजीनामा दिएर बाटो खाली गर्दिनु पर्ने तपाईहरुको भनाई हो ?

कुनै एउटा निर्वाचनमा पार्टीले पराजय व्यहोर्दैमा सभापतिले पदबाट राजीनामा दिनु पर्दैन । तर आफ्नो व्यवस्थापनको कमजोरीका कारण पार्टी पराजय भयो भनेर सभापतिले जिम्मेवारी बहन गर्नुपर्छ । त्यो उहाँले गर्नु भएन । पद नै छोड्नै पर्छ भन्न हामीलाई नैतिकताले दिदैन, किनकि उहाँ निर्वाचित सभापति हो ।

हाम्रो सुझाव यो मात्र हो कि पराजयको जिम्मेवारी लिएर नेता कार्यकर्तामा उत्साह थप्ने काम गर्नुस । यसभन्दा अगाडिका सभापति गिरिजाप्रसात कोइरालाको नेतृत्वमा भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेस पराजय व्यहोरेको थियो ।

पार्टीले पराजय व्यहोरेपछि गिरिजाबाबुले हारको जिम्मेवारी नेतृत्वका हैसियतमा आफुले लिएर नेता कार्यकर्तामा उत्साह थप्ने कार्य गर्नुहुन्थ्यो । अहिलेले देउवा जीले त्यो गर्न सक्नु भएन भन्ने मात्र हाम्रो भनाई हो ।

यहाँको विचारमा निर्वाचनमा के कारणले पराजय भयो त कांग्रेस ?

निर्वाचनको मुखैमा दास्रो संविधानसभाका दोस्रो र तेस्रो ठुलो पार्टीले चुनावी तालमेल गरेर निर्वाचनमा होमिए । एमाले र माओवादी जो अहिले एक भएर नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी बनाएका छन् ।

त्यो संगै केन्द्रका विभाग र समयमा केन्द्रिय समिति र पदाधिकारीले पूर्णता नहुँदा कांग्रेसको संगठन केन्द्रदेखि गाउँसम्म ध्वस्त भएको छ । कार्यक्रम सुन्य छन् । त्यसभापति नेतृत्वले निर्वाचनमा टिकट दिदा सक्षम र राम्रा मान्छेलाई भन्दा आफ्ना मान्छेलाई काखी च्यापेर टिकट दिनुभयो । त्यसले हामी तुलनात्मक रुपमा केहि कमजोर देखिएका छौ ।

त्यसो भए अब कांग्रेसलाई पुरानै विन्दुमा फर्काउन के गर्नु पर्छ ?

त्यसका लागि गर्नुपर्ने प्रमुख कार्य भनेको संगठनलाई क्रियाशील बनाउने हो । कार्यकर्तालाई काम दिने हो । गाउँ-गाउँमा कांग्रेसका सक्षम कार्यकर्ता छन् । उनीहरुलाई पार्टीले जिम्मेवारी नदिएर सुतेर बसेका छन् ।

जगाउनका लागि उपयुक्त जिम्मेवारीको आवस्कयता छ । त्यो जिम्मेवारी दिएर सबैलाई गाउँ गाउँमा जनताको माझ पठाउने हो भने कांग्रेस बलियो हुन्छ । फेरी जागेर आउँछ ।

त्यसका लागि के गर्नु पर्छ ?

पुरानो नेतृत्वले यो काम हामीले पटक पटक सुझाव दिदा पनि गर्न सकेन । अब उनीहरुलाई जिम्मेवारी दिएर जगाउन सक्ने नयाँ नेतृत्व कांग्रेसमा आवश्यक छ । नयाँ नेतृत्व पार्टीको तल्लो तहसम्मका नेता कार्यकर्ताको भावना बुझ्न सक्ने हुनुपर्छ । माथि बसेर आफ्नो हैकम लाद्ने नेतृत्वले पार्टीलाई असफल बनाउँछ ।

नयाँ नेतृत्व चयन गर्नका लागि पनि प्रक्रियामा जानु पर्ला, त्यसको तयारी केहि भएको छ, पार्टीमा ?

केहि समय अगाडि बसेको केन्द्रिय कार्यसमिति बंैठकले महासमितिको बैठक बोलाउने निर्णय गरेको छ । महासमिति बैठक बसेर विधानलाई समय अनुरुप परिमार्जन गरी कांग्रेसको आगामी यात्रा तय गर्नुपर्छ ।
त्यही महासमिति बैठकले तय गर्ने मार्गचित्र अनुरुप नेतृत्व चल्न तयार हुनुपर्छ ।

तवमात्र पार्टीका गतिविधि बढ्छन । कार्यकर्ताले काम पाउँछन । पार्टी पुनः सशक्र बन्नका लागि पाटो खुल्ला हुन्छ । पार्टी भित्रका सबै समस्या समाधान गर्न सक्ने सक्षम नेतृत्व अबको आवश्यकता हो । महासमितिको बैठकपछि नयाँ नेतृत्व चयन गर्नका लागि महाधिवेशनको यात्रा तय गर्नुपर्छ ।

अबको महाधिवेशनमा नेतृत्व कोइराला परिवारले दावी गर्ने र उम्मेदवारी दिने तयारी गरेको हो ?
कोइराला परिवारबाटै नेतृत्व हुनुपर्छ भन्ने छैन । तर, नेतृत्वमा जुन व्यक्ति आएपनि कांग्रेसलाई जगाउन सक्ने व्यक्ति नेतृत्वमा आउनु पर्छ । पार्टीको मूल्य मान्यता र सिद्धान्तलाई जागाउन सक्ने नेतृत्वमा आउनु पर्छ । सधैँ कोइराला परिवार रहने पनि होइन ।

कोइराला हुँदैमा पार्टी राम्रो भइहाल्ने पनि होइन । कोइरालाहरु भगवान पनि होइनन्, उनीहरु नेतृत्वमा पुग्दा वित्तिकै संगठन आपसे आप सुदृढ भइहाल्ने । तर नेतृत्वमा विपिको सिद्धान्त लागु गर्न सक्ने व्यक्ति पुग्नुपर्छ भन्ने मेरो भनाई हो । पार्टीको नीति, सिद्धान्त र विचार भन्दा बाहिर जान खोज्नेलाई नेतृत्व दिन हुदैन । सबै एकजुट भएर पार्टी सुधारतर्फ केन्द्रित हुन सके उपलब्धि हाँसिल हुन सक्छ ।

कांग्रेस अहिले प्रतिनिधिसभा र राष्ट्रियसभामा समेत प्रमुख प्रतिपक्षिको भूमिकामा छ, तपाई पनि सांसद हुनुहुन्छ । कांग्रेले संसदमा निभाउनु पर्ने भूमिका निभाएको छ ?

संसदीय व्यवस्थामा सदन प्रतिपक्षको र सरकार सत्ता पक्षको हो । कांग्रेस प्रतिपक्ष भएपनि हामीले सदनमा प्रतिपक्षीको भूमिका प्रभावकारी रुपमा निभाउन सकिरहेका छैनौं । उठाउनै पर्ने विषय पनि दलको नेता र प्रमुख सचेतकको लापरवाहीका कारण हामीले उठाउन सकेनौं । विषयको विज्ञता भएका सांसदलाई बोल्न नदिदा भूमिका कमजोर भएको छ ।

अब एउटा फरक प्रसंग, तपाई पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री, प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी मुलुक चीनको राजकीय भ्रमणमा जानु भएको छ, त्यसबेला के कस्ता सहमति हुनुपर्छ ?

हामीले नेपालका दुई छिमेकी देश भारत र चीनसँगको सम्बन्ध एकनासले अगाडि बढाउन सक्नु पर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपालको हितमा हुने सहमति र सम्झौता मात्रै गर्नुपर्छ । सम्झौता सम्झौताका लागि मात्रै नगरी, कार्यान्वयनको ज्ञारेन्टी हुनेगरी गर्नु पर्छ, तवमात्र प्रधानमन्त्रीको भ्रमण सफल र फलदायी हुने हो । त्यसमा उहाँहरुले ध्यान दिनु होला भने मेरो विश्वास छ ।

नेपालको परराष्ट्रनीति कस्तो हुनु पर्छ, पूर्व परराष्ट्र मन्त्रीका हैसियतले भनिदिनुस न ?
नेपाल दुई ठुला देश भारत र चीनको बीचमा छ । हामीले सानो देश भएकाले भारत र चीन दुवै देशबाट फाइदा लिन सक्नु पर्छ । त्यस खालका रणनीति र योजना बनाउन हामीलाई आवश्यक छ ।

दुवैसँग सन्तुलित सम्बन्ध राख्न सकेपछि मात्रै नेपाललाई फाइदा हुने हो । हामी दुई मध्य कसैसंग पनि पैठेजोरी खेल्न सक्दैनौ । विश्वकै शक्तिशाली अर्थतन्त्र भएको देश चीनबाट नेपालले फाइदा लिनका लागि प्रधानमन्त्रीको भ्रमण सफल हुने मेरो विश्वास छ ।

आपसी सहमति र समझादारीबाट अगाडी बढ्ने तथा नेपाललाई फाइदा हुनेखालका रणनीति लिएर अगाडि बढ्न सकियो भने मात्र नेपालको विकास सम्भव हुन सक्छ । अभियान टाइम्सको साथमा

मङ्लबार, साउन २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार