माइतीघरमा सुरु भयो नयाँ अभियान, सबै मेडिकल कलेजलाई राष्ट्रियकरणको माग

काठमाडौं, शिक्षा र स्वास्थ्यलाई सरकारीकरण गर्न माग सहित नयाँ आन्दोलन सुरु भएको छ । हाल सञ्चालनमा रहेका सबै शैक्षिक संस्था र स्वास्थ्यसंस्थाहरुलाई राष्ट्रियकरण गर्नुपर्ने उनीहरुको माग छ ।

यूवाहरुको संगठन युथ एलायन्स नामक संस्थाले सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्नुपने माग राखेका हुन् । उनीहरुले शुक्रबार माइतीघर मण्डलमा प्रर्दशन गर्दै शिक्षा र स्वास्थ्यजस्ता अत्यन्तै गम्भीर र संवेदनशील विषयलाई सरकारीकरण गर्नुपर्ने माग गरे । उनीहरुले भएका सबै मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गरेर समाजवाद तर्फको यात्रा सुरु गर्नुपर्ने बताएका थिए ।

अभियानका एक जना अभियान्ता आरके रोमशले शिक्षा र स्वास्थ्यलाई नाफाखोर व्यापारीहरूको हातमा पुगेको बताउदै अब सबै राष्ट्रियकरण गर्न दबाब दिन अभियान सुरु गरिएको बताए । यो अभियान अब तिव्र रुपमा अघि लैजाने उनको भनाई छ ।

शुक्रबार, साउन ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार