बिद्यार्थीको भेषमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान तोडफोड गर्ने भिजिलान्तेहरु जाने भए जेल

सुर्खेत, साउन ४ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको तोडफोडमा संलग्न कसैलाई पनि नछोड्ने घोषणा गर्नुभएको छ ।

डा. गोबिन्द केसीको समर्थकको नाममा प्रवेश गरेका अराजक तत्वले प्रतिष्ठानमा तोडफोड गर्नुका साथै सुरक्षाकर्मीमाथि आक्रमण गर्ने काम गरेको भोलिपल्ट मुख्यमन्त्री शाहीले सिसि टिभीको फुटेज हेरेर संलग्न सवैमाथि कडा कार्वाही गर्ने बताउनु भएको हो । ‘अस्पतालमा सिसिक्यामेरा छ, त्यो सिसि क्यामेराको सिडि प्रहरीलाई सुरक्षितका साथ राख्न भनेका छौँ, त्यो सिसिक्यामेरामा देखिएका अभद्र व्यवहार गर्ने, तोडफोड गर्ने लाई एक–एक गरी कारवाही हुन्छ, कोही बच्दैनन,’ मुख्यमन्त्री शाहीले भन्नुभयो ।

डा गोविन्द केसी अनशनरत प्रतिष्ठानमा २० औँ दिन सरकारी टोली जुम्ला पुगेको थिए । डा केसीलाई लिन सरकारी टोली पुग्नसाथ केसीका समर्थकले नाराजुलुससँगै आक्रमणमा उत्रिएका थिए । नेपाल बिद्यार्थी संघ, तरुण दल र कांग्रेसका कार्यकर्ताले बिद्यार्थीको भेषमा प्रतिष्ठानभित्र आतंक मच्चाएका थिए । उनीहरुले गरेको आक्रमणको भिडियो सार्वजनिक भएसँगै प्रदेश सरकारले घटनामा संलग्न ब्यक्ति सवैको पहिचान गरी कार्वाही गर्ने बताएको हो ।

डा केसीलाई काठमाडौं ल्याउने क्रममा सो प्रतिष्ठानमा भएको आक्रमणमा त्यहाँका बिद्यार्थी संलग्न नभएको , बाहिरबाट पठाइएका भिजिलान्तेले सुरक्षाकर्मीमाथि आक्रमण गरेको तथ्य खुलिसकेको छ । सोही झडपका क्रममा अस्पतालमा भएको तोडफोड र ज्यादती गर्नेलाई मुख्यमन्त्री शाहीले कारवाही गर्ने बताउनुभएको हो ।

अस्पतालमा विद्यार्थी, डाक्टर, कर्मचारी लगाएत त्यहाँ अराजक फैलाउने केही तत्वले त्यस्तो गरेको मुख्यमन्त्रीको भनाई छ । सरकारी टोली वातावरणलाई सहज बनाउन गएको र त्यहाँ अराजक तत्वको आडमा अस्वभाविक गतिविधि भएको मन्त्री साहीले बताउनुभयो । ‘अराजक तत्वको आडमा तोडफोड र आक्रमण भयो, तिनीहरु जोकोही भएपनि कार्वाही हुन्छ,’ मुख्यमन्त्री शाहीको भनाई छ ।

शुक्रबार, साउन ४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार