नेकपाको अगाडिको बाटो: समाजवादका निम्ति संघर्ष !

पुँजीवाद असाध्यै अजंगको छ, असाध्यै बलियो छ । त्यससँग लड्न सक्यौँ भने जित्छौँ, जित्यौँ भने समाजवाद कायम हुन्छ, अन्यथा सत्यानाश हुन्छ ।

मार्क्सवाद पूर्णता पाइसकेको दर्शन, सिद्धान्त वा विचार होइन । माक्र्र्सवादी बन्नु भनेको माक्र्सले जस्तै सोच्नु र तदनुसार व्यवहार गर्नु हो । नाम राखिदिनाले, साइनबोर्ड झुन्ड्याइदिनाले माक्र्र्सवादी हुने भन्ने पनि हुँदैन । जसले आफूलाई कम्युनिस्ट भन्छ, त्यो आफैँमा कति मार्क्सवादी हो रु सिद्धान्ततः हामी माक्र्र्सवादी हुने चेष्टामा छौँ । को कति मार्क्सववादी हो, माक्र्सवादी दृष्टिकोणबाट हेर्दा माक्र्स आफैँ कति मार्क्सवादी थिए भन्ने छलफलको विषय छ । अहिले यहाँ हामी कम्युनिस्ट भनिनेहरू सबै माक्र्सवादी हुने प्रयत्नमा छौँ । साम्यवाद वा समाजवाद कुनै सुन्दर ‘ब्लु प्रिन्ट’ होइन ।

मार्क्सपूर्वका केही इमानदार र मानवताप्रति प्रतिबद्ध विचारकले समाजवादबारे बिछट्टै सुन्दर रूपमा कल्पना गर्नुभयो । हामी उहाँहरूलाई काल्पनिक समाजवादी भन्छौँ । माक्र्सले समाजलाई हेर्न, बुझ्न र फेर्न विज्ञान प्रयोग गर्नुभयो । खास गरेर उत्पादन सम्बन्ध र सामाजिक सम्बन्धको गहिरोसँग अध्ययन गर्नुभयो ।

                           राम कार्की

हामी संक्रमणकालीन भञ्ज्याङमा छौँ । यसअघिको यात्रामा पनि हामीले माक्र्सवादी बन्ने भगीरथ प्रयत्न गर्यौँ । कति माक्र्सवादी बन्यौँ, त्यसको समीक्षा हुनुपर्छ । नेकपा मात्र होइन, अरू कम्युनिस्ट पार्टीहरू र ती पार्टीले इतिहासमा जे–जस्तो भूमिका खेले त्यसको समीक्षा हुनुपर्छ । अहिले हामी नयाँ ठाउँमा आइपुगेका छौँ । अर्थात्, हामी भञ्ज्याङमा छौँ ।

अब के गर्ने, कसरी अगाडि बढ्ने भन्ने कुराका निम्ति फेरि माक्र्सवादी बन्नुपरेको छ । सबै कम्युनिस्ट पार्टी र नेतासँग अतीत छ । त्यो मसालसँग पनि छ, नेमकिपालगायतसँग पनि छ । अतीतका गौरवपूर्ण संस्मरण पनि छन् । तर, कतिपय टिप्पणीकारका अनुसार हामीले त्यो अतीतस“ग संगति राख्ने आचरण वर्तमानमा निर्वाह गरिराखेका छैनौँ ।

नेपाली समाजको वर्गचरित्र
अब नेपाली समाज सामन्तवादी रहेन भन्ने निष्कर्ष नेकपा एकीकरणको आधार बनेको छ । नेपाली समाज पुँजीवादी समाज भयो भन्ने कुरामा धेरै मतैक्य छ । तर, यो खाले पुँजीवादसँग हाम्रो पहिले कहिल्यै भेट भएको थिएन । माक्र्सले तुलनात्मक रूपले विकसित पुँजीवादी देशमा क्रान्ति सम्पन्न हुने अड्कल गरेका थिए । तर, लेनिन, ट्राटस्कीहरूको जम्काभेट तुलनात्मक रूपले पछौटे देशका अपेक्षाकृत कमजोर पुँजीवादीहरूसँग भयो ।

माओको नेतृत्वमा भएको क्रान्ति पनि अर्धसामन्ती समाजलाई फेर्ने क्रान्ति थियो । मेरो रायमा समाजवादको यो अभियानमा हामी सामन्तवादलाई पछार्न सफल भएका छौँ, तर पुँजीवादलाई पछार्न सकेका छैनौँ । बरु उल्टै हामी पुँजीवादद्वारा प्रदूषित भएर नयाँ वर्गमा फेरिएका छौँ । अहिले नेपालमा वर्णशंकर पुँजीवादसँग हाम्रो पाला परेको छ ।

अहिलेको संविधानले समाजवादमा जाने भन्ने कल्पना गरेको छ । तर, संविधानले समाजवादलाई परिभाषित गरेको छैन । स्वयं माक्र्सले त समाजवादी व्यवस्थाको चर्चा गरेका छैनन् । समाजवाद भन्ने पदको प्रयोग सबैभन्दा धेरै लेनिनले गरे । माक्र्सले साम्यवादको पहिलो शैशव अवस्थामा पुँजीवादको गर्भबाट भर्खरै आएका गर्भाशयका चिह्नहरू रहने चर्चा गरेका छन् । यसो भनेर माक्र्सले पुँजीवादी सोच, संस्कृति, रीति र चलनतर्फ संकेत गरेका हुन् ।

सततः क्रान्तिलाई जारी राखेर साम्यवादमा पुगेपछि मान्छे स्वतन्त्र हुन्छ, स्वतन्त्र मान्छेको इतिहास त्यसरी सुरु हुन्छ भनेर माक्र्सले कल्पना गरेका थिए । त्यही साम्यवादको प्रारम्भिक कालको संक्रमणकालीन अवस्थालाई लेनिनले समाजवाद भनेका हुन् । अगाडि नै चर्चा भइसक्यो, समाजवादको ढाँचाबारे कुनै पूर्वकल्पना हुन सक्दैन । क्रान्तिकारी कर्मले नै समाजवादको स्वरूपलाई निर्धारण गर्दै जान्छ ।

त्यो पट्याएको वस्तु बिस्तारै खुलेजस्तै खुल्दै जाने हो । हाम्रो लक्ष्य निश्चित हुनुपर्योे । हामीले सिकेको आधारभूत कुरा समाजवाद भनेको वर्गसंघर्ष हो । समाजवाद भनेको वर्गीय उत्पीडनबाट मुक्ति हो । वर्गीय उत्पीडनको विस्तार नै जातीय, क्षेत्रीय, लिंगीय उत्पीडन हुन् । यी सबैबाट मुक्ति पाउनुपर्छ भन्ने हो ।

चाहे रुसमा होस्, चाहे चीनमा वा अल्बानियामा, कम्युनिस्ट आन्दोलनले सामन्तवादलाई पछारे, सामन्तलाई घोडाबाट खसाले । त्यसपछि पुँजीवादसँग लडाइँ सुरु भयो । यो लडाइँमा संसारभर पुँजीवादले नै जितिरहेको छ । पुँजीवाद केवल आर्थिक प्रणाली मात्र होइन । यो सोच, मूल्य, मान्यता, संस्कृति सबै थोक हो ।

विषमता, मुठ्ठीभरको बिलासपूर्ण जीवनका निम्ति यो प्रणालीले जन्माएको बेरोजगारी, अभाव, अन्याय, उत्पीडन, हिंसा, युद्ध, शोषण पुँजीवादका अभिन्न अंग हुन् । यसको जीवनमैत्री, मानवमैत्री विकल्प केवल माक्र्सवादले दिएको छ । हामीमा पुँजीवादसँगको लडाइँमा जित्न सकिन्छ भन्ने विश्वास छ । तर, यो विश्वासविपरीत पुँजीवादी सोच, संस्कृति हामीभित्र बिस्तारै हाबी हुँदै गएको छ । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीको सामन्तवादसँग लडेको गौरवपूर्ण इतिहास छ । अब त लडाइँ पुँजीवादसँग हो । नेपालको पुँजीवाद रुसको जस्तो पनि छैन, चीनको जस्तो पनि छैन । यो पुँजीवादको विषयमा माओले केही चर्चा गरेका छन् । उनले भनेको नोकरशाही पुँजीवादसँग यो मिल्दोजुल्दो छ ।

सोभियत संघले समाजवादी बाटो त्यागेपछि माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले रुसमा स्थापित नयाँखाले पुँजीवादी स्वरूपका विषयमा अध्ययन गरेका थिए । युरोपमा स्थापित भएकोजस्तो शास्त्रीय किसिमको पुँजीवाद नेपालमा छैन ।

माओले जुन नोकरशाही पुँजीवादको चर्चा गरेका थिए, त्यसमा भ्रष्ट राजनीतिज्ञ र नोकरशाह तथा दलाल पुँजीपतिहरू मिलेर पूरा अर्थतन्त्र चलाउँछन् । केही अध्येताका अनुसार अब नेपालमा पनि विकृत पुँजीवाद कायम भएको छ । आसेपासेलाई पोसेर आर्थिक उपार्जन गर्ने खालको पुँजीवाद भयो भन्ने गरिन्छ ।

उदाहरणका लागि कुनै मन्त्री वा मन्त्रालयका सचिवको छोरो कुनै कम्पनीको सिइओ भइरहेको छ । ऊ आफ्नो योग्यता, क्षमता, प्रतिस्पर्धाले भन्दा पनि मन्त्री वा सचिवको छोरो भएकाले नै सिइओ भएको छ । प्रतिस्पर्धाका आधारमा नभएर जन्मको आधारमा वा शासकसँग सम्बन्ध भएका आधारमा पुँजीपति बन्ने अवस्था कायम हुनु क्रोनी क्यापिटालिज्ममा मात्र सम्भव छ ।

नेपालमा कस्तो रणनीति, कार्यक्रम र कार्यनीति बनाएर पुँजीवादसँग लड्ने हो रु यो पुँजीवाद नचिनिएको पुँजीवाद हो । त्यसले नै शासन गरिरहेको छ । तर, यसको माक्र्सवादी दृष्टिकोणअनुसार अध्ययन तथा विश्लेषण हुन बाँकी छ । यो महत्वपूर्ण कार्यभार हाम्रो काँधमा आइपरेको छ ।

पुँजीवादको ग्रहण समाजवादमा कसरी पर्छ भन्ने उदाहरण इतिहासमा बग्रेल्ती पाइन्छ । जब चिनिया“, भियतनामी केटाकेटीहरू हलिउडको नायक–नायिकाको जस्तो नक्कल गर्न थाल्छन्, अमेरिका जाने सपना बुन्न थाल्छन्, अमेरिकालाई आफ्नो आदर्श ठाउँ मान्न थाल्छन्, यसरी पुँजीवादले समाजवादमा ग्रहण लगाउँदै छ । पुँजीवादसँग लड्दा त्यसले नै हामीलाई बदल्न सक्छ ।

हाम्रो कमजोरी के छ भने हामी इमानदारीपूर्ण रूपमा सत्य कुरा भन्न सक्दैनाँै, ढाँट्छौँ । हामीसँग समाजवादसम्म पुग्ने स्पष्ट बाटो छ, हामीले सबै पत्ता लगाइसकेका छौँ भनेर ढोंग गर्छौं । युवा पुस्तालाई स्पष्ट भन्नुपर्छ– ‘राजतन्त्रलाई हटायौँ, पुँजीवादलाई हटाउन सकेनौँ । हाम्रो सारा जीवन, जवानी त्यसमा खर्च गरियो । तिमीहरू सक्छौ लड, हामी त पुराना भइसक्यौ“ । हाम्रो अनुभव तिमीहरूको तागतस“ग संयोजित गर ।’ तर, सकिरहेका छैनौँ ।

नेपालमा कस्तो समाजवाद ?
संविधानमा देशको शक्ति सन्तुलन प्रतिबिम्बित भएको छ । त्यसैले निजी क्षेत्रलाई संरक्षण गर्दै समाजवाद ल्याउने उल्लेख गरिएको हो । त्यो संविधान एउटा यस्तो गतिशील ऐना हो, जहाँ समाज परिवर्तन भएपछि शक्ति सन्तुलनमा हेरफेर भएको देखिनुपर्ने हुन्छ । यदि देखिएन भने समाज र संविधानको अन्तर्विरोध बढेर जान्छ । त्यसैले कसरी समाजवादको यात्रा अगाडि बढ्छ भन्ने विषयमा भविष्यवाणी गर्न सकिँदैन । भावी पिँढीको सोच र कर्मले त्यसको फैसला गर्छ ।

आउने पुस्ताले यो संविधानको पूजा गरेर बस्छ कि हेरेफेर गरेर परिवर्तन ल्याउँछ, हेर्नुपर्छ । हाम्रो त यात्रा समाजवादको हो । हिजो सशस्त्र संघर्ष गर्नु ठूलो कुरा थियो । बगिरहेको नदीको उल्टो धारमा हिँड्नु जस्तै । अहिले नयाँ पिँढी कम्युनिस्ट आन्दोलनमा किन आउँदैन रु हाम्रो बाटोलाई, आदर्शलाई किन उपेक्षा गर्छ रु हाम्रो भनाइ र गराइको अन्तरविरोध अनि यथार्थमा हाम्रो आत्मनिर्वासन देखेर हो कि रु

हामीले नयाँ पिँढीलाई भन्नुपर्यो– पुँजीवाद असाध्यै अजंगको छ, असाध्यै बलियो छ । त्यो पुँजीवादसँग लड्न सक्यौ भने जित्छौै । जित्यौ भने समाजवाद कायम हुन्छ, अन्यथा सत्यानाश हुन्छ । युवा पिँढीले त हो चीनमा त्यति ठूलो युद्ध लड्यो, तातु नदी पार गर्यो । हजारौँ हजार माइलको यात्रा गर्यो । आज त्यही चीनमा एउटा आइप्याडका निम्ति एउटा युवाले आत्महत्या गर्यो । पिँढी त युवा पिँढी नै हो । नेपालका युवा पिँढीलाई यो परिस्थिति बताउनुपर्यो ।

नेकपाको अगाडिको बाटो
पानी त प्रशस्त जम्मा भयो, यसलाई कसरी शक्तिमा फेर्ने हो रु नदीले ओछ्यान पाउनपर्यो । पानीलाई ओछ्यान दिनुभएन भने जथाभावी बग्न थाल्छ । बाँधेर लैजाँदा ऊर्जा पैदा गर्छ । अहिले दुई कम्युनिस्ट पार्टीबीच भावनात्मक रूपमा मात्र एकता भएको छ । विगत दुवैको राम्रो थियो ।

अहिले समाजवादी क्रान्तिमा दुवै अलमलिएका छौँ । त्यसैले एक ठाउँमा संगठित बनौँ भनेर जम्मा भएका हौँ । बल गरेरै समाजवादमा पुगिन्छ भनेर कतै पनि जान सकिँदैन । पुँजीवादको व्यूहलाई तोड्न जानिएन भने अगाडि बढ्न सकिँदैन ।

पुँजीवादको व्यूह छेद्न सक्ने सैद्धान्तिक, राजनीतिक आधार तयार गर्नुपर्छ । आजको चुनौती त्यहाँ छ । देशमा लाखौँ समर्थक, नेता तथा कार्यकर्ता छन् । सबैलाई महत्वपूर्ण बहसमा सहभागी गराउनुपर्छ । उपाय कुनै एकजना मान्छेको दिमागबाट फुत्त निस्कने भन्ने हुँदैन । साम्यवाद माक्र्सको दिमागबाट अचानक निस्केको होइन । उनले आफूभन्दा अगाडिका प्राकृतिक तथा सामाजिक ज्ञानको गहन अध्ययन गरेर तथा प्रत्यक्ष रूपमा आन्दोलनमा सहभागी भएर माक्र्सवादलाई अगाडि बढाएका थिए ।

सबैभन्दा पहिला नीतिनिर्माण गर्ने समाजवादी काइदा अपनाउनुपर्यो । इतिहासको निर्माता जनता हुन् भन्ने सत्यलाई आत्मसाथ गर्नुपर्यो । कुनै नेता वा विज्ञविशेषले ज्ञान र जुक्तिको खोलो बगाउँछन् भन्ने पुरानो मान्यता त्याग्नुपर्यो । उदाहरणका निम्ति शिक्षा क्षेत्रमा रहेका समस्या अहिले उजागर हु“दै छन् । यी विषयमा विद्यार्थी, शिक्षक, अभिभावकलाई छलफलमा सहभागी गराउनुपर्छ । महान् बहसबाट संग्रह भएका मत र सुझाबलाई परिष्कृत गर्न विज्ञहरूको सहायता लिनुपर्छ ।

यो क्रममा जनताबाट हामीले अनुमान नै नगरेका नयाँ जुक्ति र काइदा प्राप्त हुनेछन् । त्यसका आधारमा शिक्षासम्बन्धी सोच, प्रणाली र ढाँचा विकसित गर्नुप(यो । अहिले कृषि प्रधान मुलुक भनिए पनि धेरै वस्तुमा परनिर्भर छौँ । यसमा किसानलाई सहभागी गराई दूध, दही, घिउ, चामललगायत वस्तुमा आत्मनिर्भर बन्नु पर्नेछ । यसका निम्ति किसानहरूको सल्लाहलाई विश्लेष गरी किसान नीति र भूमि नीति तय गर्नुपर्ने हुन्छ ।

हाम्रो थेगो नै बनिसकेको छ, महान् चुनौती महान् सम्भावना भन्ने । तर, मेरो विचारमा हामी सम्भावनाभन्दा चुनौतीबाट घेरिएका छौँ । कम्युनिस्ट पार्टी जब ठूलो हुन्छ, साम्राज्यवाद अर्थात् विश्व पुँजीवादले त्यसैलाई तारो बनाउँछ । यसलाई ध्वस्त बनाउन धेरै योजना बनाउन शक्ति प्रयोग गर्ने गर्छन् । हिजोसम्म हामी कसैको आँखामा थिएनौँ । सबैलाई के लागेको थियो भने आपसमा लडिरहेका छन्, यिनले के पो गर्न सक्लान् र रु हुन पनि हामी कम्युनिस्टहरू लड्ने गथ्र्यौं, कांग्रेस सरकार बनाउँथ्यो ।

हाम्रो विचारमा ह्रास आए पनि विगतभन्दा अहिले आनिबानी र आचरणमा परिवर्तन भए पनि पुँजीवादको नजरमा हामी शत्रु नै हौँ । हाम्रो झन्डा, पार्टीको नाम, हामीले प्रयोग गर्ने शब्द, हाम्रा विमर्श पुँजीवादलाई पटक्कै मन पर्दैन । विश्वस्तरमा हेर्दा पुँजीवाद बलियो छ । त्यो स्थितिमा हामीले लाखौँ जनतालाई सतर्क बनाउनुपर्छ । बढीभन्दा बढी चनाखो बनाउनुपर्छ । आउने पाँच वर्षमा समाजवाद ल्याउँछौँ भन्ने हो भने त्यो दुर्घटना मात्र हुनेछ ।

संगठनलाई संस्थागत गर्नु, व्यक्तिका अधिकारलाई एउटा प्रणालीमा लैजानु, पार्टीमा माक्र्र्सवादी सोचको विकास हुनु आवश्यक छ । हाम्रो काम गर्ने शैली, निर्णय गर्ने तरिकालगायत यावत् विषय समाजवादद्वारा निर्देशित हुनुपर्छ ।

अधिनायकवाद के हो ?
कांग्रेसले देशमा अधिनायकवाद आउँदै छ भन्ने हल्ला निरन्तर रूपमा फैलाइरहेको छ । आज पनि विश्वमा पुँजीवादको साम्राज्य र एकाधिकार कायम छ । विश्वको एउटा पछौटे र मझौला आकारको नेपालमा साम्यवादी विचार मान्ने पार्टीले चुनाव जितेर सरकार बनाएका छन् ।

भारतमा कम्युनिस्टहरूको स्थिति कमजोर बन्दै गएको छ । हिजो एक सय सिट जित्नेहरू आठ–दश सिटमा खुम्चिएका छन् । यो स्थितिमा नेपालमा अधिनायकवाद आउँदैन भन्ने कांग्रेसलाई राम्रोसँग थाहा छ । तर, कांग्रेसले निरन्तर अधिनायकवाद आउँदै छ भन्ने प्रचार जारी राखेको छ, किनभने कम्युनिस्टलाई दमन गर्ने सबैभन्दा बलियो बहाना हो यो । यही प्रचारद्वारा कांग्रेस कम्युनिस्टविरोधी विश्व जनमत आफ्नो पक्षमा पार्न चाहन्छ ।

उसलाई लागेको छ, यो प्रचारले नेपाली जनता कम्युनिस्टदेखि झस्किन्छन् । त्यसैले कुनै आधार नभए पनि कांग्रेसले मनोवैज्ञानिक टक्करका निम्ति अधिनायकवादको खतरा भन्ने नारा निरन्तर उरालिरहेको छ । हामीले भने हामी पुँजीवादीभन्दा प्रजातान्त्रिक छौँ भन्ने सत्य जीवन–व्यवहारद्वारा प्रमाणित गर्दै जानु पर्नेछ ।

बुधबार, साउन २, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार