धरान उप–महानगरपालिकाका मेयर तारा सुब्बाको निधन

सुनसरी धरान उप–महानगरपालिकाका मेयर तथा नेपाल कम्युनिष्ट पार्टीका नेता तारा सुब्बाको निधन भएको छ ।

मृगौलाको रोगबाट पीडित सुब्बाको उपचारको क्रममा मंगलबार दिउँसो काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको हो ।
५२ वर्षीय सुब्बा पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । स्थानीय चुनावमा उहाँले कांग्रेसका उम्मेदवार तिलक राईलाई ४ हजार भन्दा बढी मतले हराउनु भएको थियो ।

२०४० सालमै अनेरास्ववियू नगर कमिटी सदस्य बनेका सुब्बा २०४७ सालपछि भने युवा संघको राजनीतिमा प्रवेश गर्नुभएको थियो । त्यसबेला युवा संघलाई प्रजातान्त्रिक राष्ट्रिय युवा संघका नामले चिनिन्थ्यो ।

सुब्बा संघको नगर कमिटीपछि जिल्ला कमिटी संयोजक हुदै २ पटक जिल्ला अध्यक्ष, २ पटक केन्द्रीय सदस्य पनि बन्नुभएको थियो ।
सुब्बाका श्रीमती र एक छोरा रहेका छन् ।

मङ्लबार, साउन १, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार