प्रचण्डले भनेः शहीदको सपना खेर जान दिन्न

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई अझै एकताबद्ध बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष दाहालले पार्टीभित्र केही त्रुटि भए सच्याउँदै लैजाने संकल्प लिइएको पनि बताए ।

उनले पार्टीलाई कमजोर बनाउन केही शक्तिले चलखेल गरिरहेको उल्लेख गर्दै त्यसबाट सचेत हुन पनि नेता, कार्यकर्तालाई आह्वान गरे । शहीद विष्णु चौलागाईंको स्मृतिमा आइतबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले शहीदहरूको सपना खेर जान नदिने पनि बताए ।

उनले शहीदहरूकै बलिदानको प्रतिफल स्वरूप मुलुकमा शक्तिशाली कम्युनिष्ट पार्टी बनेको उल्लेख गर्दै त्यो उपलब्धिलाई जोगाएर अघि बढ्ने पनि बताए ।

अध्यक्ष दाहालले शहीदहरूले देखाएको बाटोबाटै मुलुकलाई अघि बढाउन आफूले गतिका साथ काम गरिरहेको दाबी पनि गरे ।

आइतवार, असार ३१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार