प्रधानमन्त्री केपी शर्मा ओली ‘एक्सन’ मोडमा, अब मिठा कुराले नहुने

काठमाडौं, ३१ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका आन्तरिक बैठकमा हरेक पल्ट भन्नुभएको छ सरकार माथि नियोजित आक्रमण भयो । ओलीले नेता तथा कार्यकर्तालाई आग्रह समेत गर्नुहुन्छ ‘ सरकारले राम्रो काम गरेको छ यस्तो काम गर्दा गर्दै सरकार माथि भएको आक्रमणको रक्षा गर्नुस्।’

उहाँले संसाद र नेता तथा कार्यकर्ता भेटको कार्यतालिका नै बनाउनुभएको छ। ओलीले हरेक महिनाको १ र १५ गते नेता तथा कार्यकर्तासँग छलफल गर्दै आउनु भएको छ भने हरेक शुक्रबार प्रदेशअनुसार सांसदसँग छलफल गर्नु भएको छ। अहिले सम्म तीनवटा प्रदेशका सांसदसंग भेट गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले शनिबार सम्ममा सबै मन्त्री र सचिबलाई भेट गरीसक्नुभएको छ । प्रधानमन्त्रीको त्यो भेटघाट अरु भन्दा भिन्न छ।प्रधानमन्त्रीले मन्त्री तथा सचिवहरुलाई ५० दिनको कार्यतालिका बुझाउन निर्देशन दिनु भएको थियो । सो अनुसार शनिबार सम्म सबै मन्त्री र सचिबले आफुले गर्ने कामको विवरण र समयसीमा प्रधानमन्त्रीलाई बुझाईसकेका छन् ।

उनीहरुले बुझाए अनुसार प्रधानमन्त्रीले फेरि ५० दिन पछि कामको प्रगतिविवरण माग्ने हुनुभएको छ । सरकार माथि धेरैतिरबाट नियोजित आक्रमण भएपछि प्रधानमन्त्री यसरी एक्सन मोडमा पुग्नु्भएको हो । अब मन्त्री र सचिबले मिठा कुरा होइन काम गरेको विवरण प्रधानमन्त्रीलाई पेश गर्नुपर्ने भएको छ ।

आइतवार, असार ३१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार