नारायणी नदिमा डुबेर एक बालक बेपत्ता

रबिन्द्र यादव / नवलपरासी पश्चिम ३० असार/ परासी नवलपरासी पश्चिमको नारायणी नदिमा डुबेर एक बालक बेपत्ता भएका छन् । सुस्ता गाउपालिका वडा नम्बर ५ बस्ने केश कुमार कुर्मीका ८ बर्षिय विशाल कुर्मी बेपत्ता भएका हुन । नारायणीको ठोकर नम्बर ५ ठाडीघाट मा नदिमा दाउरा निकाल्न गएको बालक बेपत्ता भएको स्थानीय धर्मेन्द्र जैसवालले बताउनु भएको छ ।

बालक पौने पाच बजे उक्त नदिमा डुबेर बेपत्ता भएका हुन । हाल बालकलाई प्रहरी र स्थानीयहरु मिलेर खोजिकार्य गरिरहेका छन् । अहिले बालक नभेटिएको रामनगर प्रहरी चौकीका असई दिल बहादुर बिक जानकारी दिएका छन ।

शनिबार, असार ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार