ओली सरकारले गर्‍यो जमिनमा प्लटिङ गर्न र जथाभावि कित्ताकाट गर्न रोक

रुपन्देही, ३० असार –तत्कालीन भूमिसुधार मन्त्री गोपाल दहितले गत वर्ष २६ साउनमा कृषियोग्य जमिनमा प्लटिङ गर्न र जथाभावि कित्ताकाट गर्न रोक लगाउने गरेको निर्णय बर्तमान सरकारले खारेज गर्नै तयारी गरेको छ ।

वर्षमा एक पटकमात्र जग्गाको कित्ताकाट गर्न पाउने अघिल्लो सरकारको निर्णय वर्तमान सरकारले खारेज गर्ने तयारी गरेको संघीय सरकारका कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले जानकारी दिनुभयो । कर्मचारीले घुस खाएर कित्ताकाट गरिरहेको र परिवारमा बिखण्डन आएको भन्दै सरकारले फुकुवाको तयारी गरेको मनत्री खनालले बताउनुभयो ।

अघिल्लो सरकारको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र तेजबहादुर केसीको संयुक्त इजलाशले सरकारको निर्णय सदर गरिदिएको थियो ।

मन्त्री खनालले कित्ताकाट फुकुवा गर्ने र उपयुक्त नीति बनाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भइरहनुभएको बताउनुभएको हो ।

उहाँले कित्ताकाट रोक्ने निर्णय भए पनि कर्मचारीले घुस खाएर कित्ताकाट गरिरहेको बताउँदै वर्षमा एक पटकमात्र कित्ताकाट गर्न पाइने प्रावधानले समाजमा विचलन र मालपोत तथा नापी कार्यालयहरुमा आर्थिक अनियमितता बढेकाको बताउनुभयो ।

‘म मन्त्री भएपछि मालपोत र नापीका मात्रै ७२ जना कर्मचारी कारवाहीमा परेका छन्’, ‘कित्ताकाट रोकेको मौका छोपेर कर्मचारीले घुस खाएर कित्ताकाट गरिरहने परिपाटी बढेको छ ।’ उहाँले बताउनुभयो । त्यसैले सरकारले अघिल्लो सरकारको निर्णय खारेज गर्न लागेको उहाँले बताउनुभएको छ ।

एकातिर कित्ताकाट रोकिँदा घरघरमा श्रीमान श्रीमती र नाबालक छोराछोरीबीच अंशबण्डा गरेर जग्गा बेच्ने परिपाटी मौलाएको छ, अर्कोतिर मालपोतका कर्मचारीले १० कठ्ठा जग्गा कित्ताकाटका लागि २० लाखसम्म घुस मागेको प्रमाण मसँग आइपुगेको छ । अंशवण्डा गरिसके पछि श्रीमान् श्रीमतीबीच फाटो परेका ३ सय ९४ वटा घटनाहरु आफू मन्त्री भएपछि आइसकेको मन्त्री खनाललेको दावी छ ।

शनिबार, असार ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार