छविराज र शिल्पाको बिवाह पहिलै भैसक्यो : रेखा थापा

अभिनेत्री रेखा थापाले आफ्ना पूर्वपति छविराज ओझा र नायिका शिल्पा पोखरेलको बिवाह भएको २ बर्ष भईसेको खुलासा गरेकी छिन् ।

बिहिबार ‘रमाईलो छ डटकम’को पहिलो बार्षिक उत्सवका अवसरमा सार्वजनिक गरिएको स्मारिकामा एक लेख लेख्दै उनले यस्तो बताएकी हुन् । ‘

मिडियाले पक्षधरता लिनुभएन’ भन्ने शिर्षकको लेखमा अभिनेत्री थापाले छबि र शिल्पाको बिवाह भएको २ बर्ष भईसकेको पुष्टि गरेकी हुन् ।

मिडियासँग असन्तुष्टि पोख्दै लेखेको लेखमा थापाले भनेकी छिन्, “पब्लिक फिगर भएकोले मेरो जीवनको गतिबिधीमा दर्शकको चाख हुन्छ । मैले गरेका क्रियाकलापहरुले चर्चा पाउँछ, सकारात्मक होस् वा नकारात्मक ।

ती सबैलाई सहज ढङ्गबाट लिएँ । किनकी ती सबै चिजको लागि तयार भएर नै म कलाक्षेत्रमा आएको हो । तर ईरिटेट त्यहाँनेर हुन्छु, जब मलाई छवि ओझासँग अहिले पनि जोडिन्छ, जबकी डिभोर्स गरेर उनले शिल्पा पोखरेलसँग बिवाह गरेको पनि २ बर्ष भईसक्यो ।

यहाँनेर चाँही बिभेद गरेजस्तो लाग्छ, किनकि जसले बिवाह गरिसकेको उसलाई उसको बैवाहिक जीवनको बारेमा सोध्दा हुन्छ नी, तर पटक–पटक म माथि नै किन प्रहार गर्छ मिडियाले ?

बिहिबार, असार २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार