भक्तपुरमा बाढीले एकै घरका तीन जनाको ज्यान लियो

भक्तपुर, २८ असार – भक्तपुरमा बाढीपहिरोले तीन जनाको मृत्यु भएको छ । पहिरोले टहरा भत्काएपछि एकैघरका तीनजनाको मृत्यु भएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

वृद्ववृद्वा र नातिनीको मृत्यु भएको श्रेष्ठले जानकारी दिए । वृद्ववृद्वाका छोराबुहारी भने नयाँ घरमा बस्ने गरेकाले सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ७, मजुवा टोलका ७० वर्षीय हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया पानमाया लामा र उनीहरूकै नातिनी अढाई वर्षकी सम्पदा लामाको मृत्यु भएको हो । भक्तपुरका विभिन्न क्षेत्रमा डुबान भएको छ ।

मनोहरा खोलालगायत अन्य स्थानीय खोलामा समेत बाढी आएपछि स्कुल तथा बस्ती डुबानमा परेका हुन् । डुबानमा परेका करिब चार सय जनालाई प्रहरीले उद्वार गरेको छ ।

अहिले डोजरले पानी कटाउने काम गरिरहेको छ भने उद्वार कार्य जारी रहेको छ ।

बिहिबार, असार २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार