समृद्ध नेपाल–सुखी नेपालीको नारा दिने ओली सरकारका ‘बदनाम’ मन्त्रीहरुको विवरण (भिडियो)

दुईतिहाई भन्दा बढी सांसदको समर्थनमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारप्रति नागरिक अपेक्षा व्यापक थियो । समृद्धि र सुशासनलाई मुख्य चुनावी नारा बनाएर चुनाव लडेको वामगठबन्धनकै नेतृत्वमा सरकार बनेको पनि पाँच महिना बितिस्क्यो । तर, कुनै त्यस्तो उल्लेख्य काम भएको छैन । बरु सरकारका प्रायः गतिविधिहरु विवादित बने, बनिरहेका छन् । प्रधानमन्त्रीसँगै मन्त्रीहरुले ठूलाठूला गफ गर्न प्रतिस्पर्धा गरे पनि जनताले अनुभूत गर्नसक्ने कुनै महत्वपूर्ण काम भएको छैन । तर प्रधानमन्त्री केपी शर्मा ओली भने सरकारले महत्वपूर्ण काम गरिरहेको र आगामी दिनमा त्यसको प्रतिफल देखिने दाबी गर्छन् ।

वर्तमान सरकारका मन्त्रीहरुमाथि विभिन्न आरोपको चाँङ छ । उनीहरुको प्रायः गतिविधि विवादित बनेका छन् । कसैको काम विवादमा परेको छ भने कसैको कार्यशैली । तर, मन्त्रीहरु पनि आफ्नो कमजोरी स्वकार्न तयार छैनन् । वर्तमान सरकारले जनअपेक्षा अनुसकार काम गर्न नसकेको टिप्पणी सर्वत्र छ । हुनत पाँच महिनाको अवधि पूरै नतिजा देखिने समय पनि होइन । तर, सत्प्रयासको सुरुवात भने हुनैपथ्र्यो । यतिसम्म कि, सत्तापक्षका सांसदहरु समेत मन्त्रीहरुको कामबाट सन्तुष्ट छैनन् । प्रतिपक्षी दलका सांसदलाई त सरकारको कार्यशैली ठीक लाग्ने कुरै भएन ।

सरकार निर्माण भएको एकाध महिना केही सत्प्रयासको सुरुवात भएको संकेत मिलेको थियो । तर, मन्त्रीहरुले थालेका कुनै पनि कामले पूर्णता पाएन । प्रधानमन्त्रीसँगै मन्त्रीहरुले पनि भाषणमा मात्रै बढी जोड दिए र पुरानो प्रवृत्तिलाई निरन्तरता मात्रै दिएको विश्लेषण गर्छन्, राजनीतिक विश्लेषकहरु । सरकार निर्माण भएको पाँच महिनामै सम्पूर्ण नतिजा खोज्नु गलत हुनसक्छ । तर, यो अविधिमा समृद्धि र सुशासनको ग्रीन सिग्नल देखिनु पथ्र्यो, देखिएन । यद्यपि, नागरिक अझै आशावादी छन् कि, कुल पाँच वर्षको अवधिमा यो सरकारले समृद्धि र सुशासनको पक्षमा केही महत्वपूर्ण काम गर्नेछ ।

केपी शर्मा ओली, प्रधानमन्त्री – ‘समृद्ध नेपाल–सुखी नेपाली’को नारा, दैननदिनका समस्याप्रति वेवास्ता, अधिकार केन्द्रिकरण, सुशासन अभिबृद्धि, भ्रष्टाचार नियन्त्रण र सदाचारको भाषण, व्यवहारमा शून्य परिणाम, रेल र पानी जहाजको सपना, पूरा हुने हो कि फगत कल्पना ?, गोविन्द केसी र गंगामाया अधिकारीको अनसनप्रति वेवास्ता, उपकुलपति प्रकरण र निषेधित क्षेत्र घोषणा ।

 

बिहिबार, असार २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार