२०१८ को विश्वकप फ्रान्सले यसरी जित्दैछ

काठमाडौ २६ असार – सबै फुटबल समर्थकहरुलाई आफूले समर्थन गरेको टीमले विश्वकप जित्दा छुट्टै आनन्द लाग्छ । तर, सबैको इच्छा पूरा हुन सक्दैन् । यस पटकको विश्वकपको उपाधी फ्रान्सले उचाल्ने भएको छ । विश्व खेलकुदको ठूलो तथ्यांकीय श्रोत ओप्टाले रुस विश्वकपको उपाधि फ्रान्सले जित्ने दाबीसहितको अध्ययन सार्वजनिक गरेको हो ।

सोमबार सार्वजनिक अध्ययनमा फ्रान्सले विश्वकप जित्ने सम्भावना ४१ प्रतिशत देखाएको छ । यस्तै अध्ययनले दोस्रोमा बेल्जिमय (२१ प्रतिशत), तेस्रोमा क्रोएशिया(२० प्रतिशत) र चौथोमा इंग्ल्याण्ड(१८ प्रतिशत)को विश्वकप सम्भावना देखाएको छ ।

कसरी गरियो अध्ययन ?

ओप्टाले प्रत्येक टोलीको विगतको आक्रामक र रक्षात्मक शक्ति र विश्वकपको प्रदर्शनलाई आधार मान्दै सो नतिजा निकालेको दाबी गरेको छ ।

विश्वकप सुरु हुनुभन्दा चारवर्षअघि देखिका आधिकारिक खेलहरुमा आएको नतिजा बमोजिम टोलीको आक्रामक र रक्षात्मक शक्तिको अध्ययन गरिएको उल्लेख गरिएको छ ।

टोलीले विश्वकप छनोट, कन्फेडेरेशन च्याम्पियन्ससिप, मैत्रीपूर्ण खेलहरु, फिफा कन्फेडेरेशन कप तथा २०१० र २०१४ को विश्वकपका प्रदर्शनलाई आधार मानिएको ओप्टाले उल्लेख गरेको छ ।

मङ्लबार, असार २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार