पाँचथरमा जीप दुर्घटना, एक जनाको मृत्यु ८ जना गम्भीर घाइते

पाँचथर (फिदिम)/२६ असार पाँचथरको याङवरक गाँउपालिका स्थित जीप दुर्घटना हुँदा १ जनाको घटना स्थलमानै मृत्यु भएको छ । मृत्यु हुँनेमा याङवरक गाँउपालिका १ का ३५ वर्षका कैलाश अधिकारी रहेका पाँचथर प्रहरीले जनाएको छ ।

अन्य ८ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरले जनाएको छ । च्याङथापु बाट फिदिम आउदै गरेका गरेको मे १ ज २०५१ नम्बरको जीप चैते भिर भन्ने स्थानमा ३ सय मिटर तल खसेको प्रहरीको भनाई छ ।

विहान करीव नौ बजे भएको दुर्घटनाका घाइतेहरुको विवरण खुल्न बाकी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल पाँचथर ल्याउदै गरीएको ट्राफिक कार्यालयले पाँचथर जनाएको छ ।

मङ्लबार, असार २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार