प्रधानमन्त्री चाहना शक्तिशाली हुने इच्छा छैन, सरकार बलियो बनाउन चाहेको हुँ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई शक्तिशाली हुने इच्छा नभएको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र त्यस मातहतका विभागहरुको बिनियोजित बजेटमाथि राष्ट्रियसभाका सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफू शक्ति केन्द्रित गर्ने पक्षमा नरहेको बताए।

उनले आफू शक्तिशाली बन्न नभई संघीयतालाई बलियो बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा केही विभाग थपिएको पनि स्पष्टीकरण दिए। मुलुकलाई समृद्ध बनाउन आफूले सरकार बलियो बनाउन चाहेको स्पष्ट पारे।

मन्त्रिपरिषद् कार्यालयमा बजेट धेरै विनियोजन गरेको भन्ने सांसदहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले खर्चमा मितव्ययिताको नीति लिएको बताए। उनले विभागहरुमा छुट्याइएको बजेट प्रधानमन्त्री कार्यालयले नभई सोही विभागले नै खर्च गर्ने पनि स्मरण गराए।

प्रधानमन्त्रीले सरकारको मितव्ययिताको दृष्टान्त दिँदै प्रधानमन्त्री कार्यालयमा चिनी नहालेको चिया खाने गरेको पनि उल्लेख गरे।प्रधानमन्त्री ओलीले सरकार अनुचित कुराको दबावमा नपर्ने दृढता पनि व्यक्त गरे।

उनले सरकार सत्यसँग नडराउने र शक्तिसँग नझुक्ने नीति अनुसार अगाडि बढेको पनि बताए। प्रधानमन्त्री ओलीले सांसदहरुलाई सुशासन र समृद्धिमा दृढ प्रधानमन्त्री पाएकोमा गर्व गर्न पनि आग्रह गरे।

मङ्लबार, असार २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार