‘एउटा व्यक्तिको दबाबमा सरकार व्याक नहुँने’: प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अनशन बसेर वा आन्दोलनको चेतावनी दिएर आफू नथर्किने बताएका छन्।

नौ दिनदेखि जुम्लामा अनशन बसीरहेका डा।गोविन्द केसीका माग संबोधन र उनको जीवनरक्षाका लागि ध्यानाकर्षण गर्न आइतबार बालुवाटार पुगेको नेपाल चिकित्सक संघको टोली समक्ष प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका छन्।

प्रधानमन्त्री ओलीले डा।केसीको अनशन र चिकित्सक संघले दिएको हड्तालको चेतावनीको सामना गर्ने समेत बताए।

‘म चौध वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिँन, छुटिन,’ ओलीलाई उद्धृत गर्दै संघको टोलीमा सहभागी एक सदस्यले भने।

ओलीले एकजना व्यक्ति अनशन वसेर ‘यो कलेजलाई सम्बन्धन दे, त्यो कलेजलाई नदे भनेको भरमा सरकार पछि नहट्ने’ बताए।

संघले डा।केसीको स्वास्थ्य अवस्था गंभिर भएको प्रसंग बारम्बार उठाउँदा पनि प्रधानमन्त्री ओलीले ‘एउटा व्यक्तिको दबाबमा सरकार व्याक नहुँने’ अडान दोहो¥याएका थिए।

नागरिक दैनिकबाट

सोमवार, असार २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार