ओली ज्यू, रहस्यमय दासढुंगा रिपोर्ट कहाँ छ ? सत्तामा हुदाँ किन खोजिएन हत्यारा !

गोकर्ण बराल , काठमाडौँ । दासढुंगा हत्या घटना भएको आज २५ वर्ष पुगेको छ । तर पनि त्यो घटना रहस्यमय नै छ । त्यो सुनियोजित हत्या थियो या दुर्घटना त्यो भने रहस्यमयकै विषय बनेको छ । एमालेका अध्यक्ष केपी ओली तथा एमाले उपाध्यक्ष एवं मदन पत्नी विद्यादेवी भण्डारी प्रधानमन्त्री र राष्ट्रपति दुई-दुई पटक भए तर पनि उनीहरुले यो घटनाको छानबिन गर्नुपर्छ भन्ने शब्दको किन उच्चारण समेत गरेनन् त्यो प्रश्न अहिले धेरै आम मानिसहरुको जिज्ञासाको विषय बनेको छ । २०५० साल जेष्ठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटना नेपाली राजनीतिक इतिहासमा पहेलीकै रुपमा छ ।

तत्कालिन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित मारिएको घटनाको छानबिन गरियो । तर, सरकार र स्वयं एमाले आफैले छानबिन गर्दा पनि त्यो सुनियोजित हत्या थियो या दुर्घटना किटान गर्न सकेन । अहिले राष्ट्रपति अर्थात् मदनकी जीवनसंगीनी विद्यादेवी भण्डारी छिन् भने देशको प्रभावशाली नेता मदनका राजनीतिक सहकर्मी केपी ओली नै छन्। प्रधानमन्त्री ओली मदनको हत्याको छानवीन गर्न त्यतिवेला गठित आयोगका अध्यक्ष समेत थिए । स्मरण रहोस् ओलीले कुनै समय भनेका थिए – म प्रधानमन्त्री भएँ भने मदन भण्डारी र जीवराज आश्रितका हत्यारा अवश्य पत्ता लगाउँनेछु। ओली मात्रै नभएर विद्या समेत राज्यको सर्वोच्च पदमा पुगेकी छिन्। प्रश्न उठ्नु स्वभाविक छ– के मदन भण्डारीका हत्यारा पत्ता लाग्लान ?

मदनको ओतमा छहारी लिँदै आत्मकेन्द्रित त्रुटिपूर्ण दृष्टिकोणको भ्रमरुपी गतिविधिले नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जवजलाई उग्रवामपन्थतासंग जोड्न खोज्जे केही एमालेका नेतृत्वको प्रवृत्ति गलत छ। मदनको हत्याले सवै भन्दा बढी असर कसैलाई परेको थियो भने त्यो विद्यादेवीलाई नै परेको थियो। मदनका हत्यारा पत्ता लगाएर कारवाही गराउन उनको मनले नखोजेको त पक्कै होईन होला । तर पनि व्यवहारमा हत्याराको खोजी किन हुन सकेन ? फेरी उही प्रश्न आयो मनमा । मदन भण्डारी नेपाली राजनीतिका एक अद्भुत जननेता हुन्। पार्टीगत रुपमा एमालेका महासचिव भएपनि उनी मुलुककै आशालाग्दा नेताका रुपमा उदाएका थिए। प्रखर वक्ता मदन भण्डारीको प्रसंशा नगर्ने सायद कोही थिएन। काँग्रेसका जननायक विपी कोईराला र एमालेका जननेता मदन भण्डारी नेपालमा सवैले पुज्ने नेताहरु हुन अहिले पनि।

उनी देशको मुहार फेर्ने खाका र राष्ट्रियताका सवालमा वैचारिक रुपमा सुस्पष्ट थिए। एमालेको महासचिव रहेकै बेला तिनै अद्भुत नेताको रहस्यमय हत्या भएको वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुङगामा जिप दुर्घटनामा परी उनको निधन भएको थियो। तर त्यो दुर्घटनालाई भने रहस्यमय र मदन भण्डारीको हत्या योजना अनुरुप भएको मानिएको छ। दुर्घटनामा मदनसंगै रहेका एमालेका संगठन विभाग प्रमुख जिवराज आश्रितको पनि निधन भएको थियो। चालक अमर लामा जिवितै फर्किन सफल भए। उनको पनि २०६० सालमा रहस्यमय हत्या भयो। ति तिनै जनाको हत्याको रहस्य अझै सम्म पनि पत्ता लागेको छैन।

मदन र आश्रितको भिसेरा परीक्षण रिपोर्टमा अत्याधुनिक विष प्रयोग भएको कुरालाई लुकाइयो । राणा आयोगमा गएका एमालेका प्रतिनिधि हर्षनारायण धौभडेलले केपी ओलीको निर्देशनमा दासढुङ्गा हत्याकाण्डलाई ‘हत्या भएको होइन, दुर्घटना मात्र हो’ भनी सही गरे ।एमालेबाट छुट्टिएर नेकपा मालेमा हुँदा सो पार्टीका योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाल लगायतले २०५५ सालमा एक पुस्तक लेखेका थिए । ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध ।’ जसमा माथिको कुरा लेखिएको छ ।

विद्याले २०३९ सालमा तत्कालिन नेकपा मालेका महासचिव मदन भण्डारीसित भूमिगत रुपमै विवाह गरेकी थिइन् । मदन र विद्यादेवीका दुई छोरीहरु उषाकिरण र निशाकुशुम भण्डारी छन्। विद्याले राष्ट्रपतिको जिम्मेवारी सम्हालेको दिन पनि मदन र विद्याकी जेठी छोरी उषाकिरण भण्डारीले आफ्नो पिताको मृत्युलाई हत्या भएको बताएकी थिईन्। भण्डारीको हत्यामा चालक अमर लामाको संलग्नता रहेको आरोप लगाईयो अमर लामा जेल परे, जेलबाट छुटेपछि घटनाका एकमात्र जीवित साक्षी लामाले यसबारेमा रहस्य खोलेनन्। पछि लामाको पनि हत्या भयो। उनको हत्या तद्कालिन बिद्रोही नेकपा माओवादीले गरेको आरोप लगाइएपनि बिद्रोही नेकपा माओवादीले भने आफुले हत्या नगरेको भन्दै आरोपको खण्डन गरेको थियो तर किन लामाको हत्या भयो भन्ने कुरा खुलेन। न त एमालेले नै माओवादीसँग यसबारेमा सोधीखोजी गर्यो‍, न कसैले यसमा चासो नै दियो।

भण्डारीको हत्या भएको अर्को बर्ष २०५१ सालमा एमालेको अल्पमतको एकमना सरकार गठन भयो। नेकपा एमालेका अध्यक्ष रहेका स्व. मनमोहन अधिकारी प्रधानमन्त्री निवर्वाचित भए। त्यही बेला पनि दासढुंगा हत्याकाण्डको छानवीनको चर्को माग फेरी उठ्यो। नौ महिना सरकार चलाएको एमालेले मदन आश्रितको रहस्यमय घटनाको बारेमा खासै कुनै प्रयत्न गरेन। तर पार्टीले गठन गरेको आयोगका संयोजक ओलीले एमालेको बहुमतको सरकार भए हत्यारा पत्ता लाग्ने दावी गरे।

उक्त घटनालाई हत्या भएको ठहर गर्दै कांग्रेसी सरकारका विरुद्धमा गरेको आन्दोलनपछि बनेको एमालेको सरकारले कांग्रेसी सरकारका विरुद्धमा अघि सारिएको प्रमुख मागका रुपमा रहेको दासढुंगा छानविनको बुँदा आफ्नो मागपत्रबाट एकाएक गायव पारिदियो। न त त्यसले आफैँले हत्या घोषित गरेको घटनाको छानविनलाई अघि बढायो न त जेलमा रहेको अमर लामासँग एक पटक पनि बयान लिने प्रयास गर्यो।

मदन र आश्रितको भिसेरा परीक्षण रिपोर्टमा अत्याधुनिक विष प्रयोग भएको कुरालाई लुकाइयो । राणा आयोगमा गएका एमालेका प्रतिनिधि हर्षनारायण धौभडेलले केपी ओलीको निर्देशनमा दासढुङ्गा हत्याकाण्डलाई ‘हत्या भएको होइन, दुर्घटना मात्र हो’ भनी सही गरे ।एमालेबाट छुट्टिएर नेकपा मालेमा हुँदा सो पार्टीका योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाल लगायतले २०५५ सालमा एक पुस्तक लेखेका थिए । ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध ।’ जसमा माथिको कुरा लेखिएको छ ।

‘सिदान्तका निम्ति जीवन होइन, जीवनका लागि सिदान्त जननेता मदन भण्डारी नेपाली कम्युनिष्ट इतिहासको मात्र नभई विश्व साम्यवादी आन्दोलनका एक महान् अभियन्ताका युगपुरुष पनि थिए । मदन भण्डारी एउटा सामान्य व्यक्ति भन्दा पनि देशको स्वभिमानलाई उच्च राख्न देशभक्ति निस्वार्थ स्वतन्त्रताको लडाईका एक वीरपुरुष थिए । नेपाली राजनीतिको सर्वाधिक लोकप्रिय राजनेता मदन भण्डारी कम्युनिष्ट आन्दोलनको प्रजान्त्रीकरणका नायक जनाताको वहुदलीय जनवादका प्रवर्तक एवम् नवीन विचारक मदन नेपाली समाजको प्रगतिशील रुपान्तरण गर्ने निष्ठावान् राष्ट्रप्रेमि गौरवशाली नयन हो।

वि.स. २००९ असार १४ गते बुवा देवीप्रसाद भण्डारी र आमा चन्द्रकुमारी भण्डारीका माहिला छोराको रुपमा पूर्वी नेपालको पहाडी ताप्लेजुङ्ग जिल्ला ढुङ्गेसाँघुमा जन्मेका मदन भण्डारीमा बहुमुखी प्रतिभाले भरिपूर्ण थिए । मदन भण्डारीको राजनीतिक जीवन पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको नेकपाको भातृ संगठन नेपाली जनवादी सांस्कृतिक संघबाट सुरु भएको हो । ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैनु भन्ने मदनको राजनीतिक जीवन यात्राको सुरुवात २०२४ सालदेखि बनारसबाट भएको थियो । जीवराज आश्रित र मदन भण्डारी जस्ता जोसिला युवा नेताहरुको सक्रियतामा २०३४ सालमा पुष्पलालसँग विद्रोह भयो। यता झापाली समूहले वि.स. २०३२ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी ९माले० गठन गरिसकेका थिए जसलाई कोके पनि भनिन्थ्यो। मुक्ति मोर्चासमूहको २०३४ साल भदौ १४ गते कोकेसंग एकता भयो।

नेकपा माले को स्थापना भयो भने २०४६ भदौमा सम्पन्न चौथो महाधिवृशनबाट मदन महासचिवमा निर्वाचित भए। प्रथम जनआन्दोलन २०४६मा पार्टीको तर्फबाट सुप्रिम कमाण्डरको जिम्मेवारी सम्हाल्नु भएको भण्डारीले २०४७ मा निर्मित नेपाल अधिराज्यको संविधानलाई आलोचनात्मक समर्थन गर्ने एउटा दुरदर्शितापूर्ण निर्णय गरे । २०४६ मा माले र मार्क्सवादी एकीकरणपछि मनमोहन अधिकारीलाई अध्यक्ष बनाएर उनी महासचिव बने। वि.स. २०४८ सालमा सम्पन्न संसदीय निर्वाचनमा तत्कालिन नेपाली काङ्ग्रेसका सभापति तथा मुलुकका प्रधानमन्त्री कृष्णाप्रसाद भट्टराईलाई चुनावमा परास्त गरेका थिए। मदन भण्डारीको २०५० साल जेठ ३ गते दासढुङ्गमा भएको रहस्मय जीप दुर्घटनामा परि दुःखद अवसान भयो। नेपाली जनवादी आन्दोलनको नेतृत्वकारी विचार अर्थात जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी सिंगो मुलकले गुमायो। जनताका हृदयमा नमेटिने छापका रुपमा वसिसक्नु भएको मदन राष्ट्रको एक अपरिहार्य जननेताको रुपमा परिभाषित हुनुभएकोृ छ।

नेकपा एमालेको राजनितिक कार्यक्रमका रुपमा क मदन भण्डारीद्धारा प्रतिपादित जनताको बहुदलिय जनवाद पाँचौँ राष्ट्रिय महाधिवेशनबाट नेपाली क्रान्तिको मौलिक कार्यक्रमिक रुपमा स्विकृत भएको हो। त्यसैले यसको बिकास पनि क्रमिक रुपमा हुँदै छैटौँ राष्ट्रिय महाधिवेशन पछि नेपाली क्रान्तिको सिद्धान्तको रुपमा पार्टीले आत्मसाथ गर्दै आएको छ।

यो देशको समाजवादी आन्दोलन र न्यायपूर्ण समाज रुपान्तरण कार्यक्रमको नाम नै जनताको बहुदलीय जनवाद हो। उग्रबामपन्थी चिन्तनले गर्दा हिंसा र अधिनायकत्वको प्रतिकजस्तो बनाइएको बामपन्थी आन्दोलनलाई लोकतान्त्रिकरण गर्दै ‘बदलिँदो विश्व परिबेशमा बिभिन्न आयामको सुक्ष्म बिश्लेषण तथा शान्तिपूर्ण ढंगमा सामाजिक परिवर्तन सम्भव छु भन्ने मान्यतालाई स्था्पित गरेका हुनाले नै जबज नेतृत्वकारी विचार हो। मदन भण्डारीले नेपाली जनवादी क्रान्ति र विश्व कम्युनिष्ट आन्दोलनको सन्दर्भमा जनताको बहुदलीय जनवादमार्फत १४ बुँदे विशेषतालाई वैज्ञानिक ढङ्गले प्रस्तुत गर्नुभएको छ। संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुमतिय सरकार र अल्पमतको विपक्ष, राष्ट्रिय हितअनुरुपको विदेशी नीति, नेतृन्व र अधिनायकत्व लगायतका महत्वपूर्ण १४ बुँदाहरुमा परिभाषित जवज नेपाली समाजको विशिष्टतामा मार्क्सवादको सिर्जनात्मक प्रयोग हो।

जीवराज आश्रित र मदन भण्डारी जस्ता जोसिला युवा नेताहरुको सक्रियतामा २०३४ सालमा पुष्पलालसँग विद्रोह भयो। यता झापाली समूहले वि.स. २०३२ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी ९माले० गठन गरिसकेका थिए जसलाई कोके पनि भनिन्थ्यो। मुक्ति मोर्चासमूहको २०३४ साल भदौ १४ गते कोकेसंग एकता भयो।

जनताको बहुदलीय जनवादले मानव समाजको विकासका क्रममा मानव जातिले आर्जन गरेका जीवन्त र मूल्यवान उपलब्धिहरुलाई आत्मसात् गर्दै त्यसको जगमा उभिएर मार्क्सवाद लेनिनवादको रक्षा र विकास गर्न चाहेको छ। जवजले समाजको परिवर्तन, विकास र अग्रगतिका लागि सामाजिक नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई आत्मसाथ गर्दै शान्तिपूर्ण संघर्षमा यावत रुप र तरिकालाई प्रयोग गर्दै वलात् परिवर्तनलाई सहज बनाउन चाहेको छ। जनता नै शक्तिका स्रोत, राज्य व्यवस्थाको सार नै जनता र राष्ट्रको हित एंवम कल्याण हो भन्ने मान्यतालाई स्वीकार गरिएको यही मान्यताका आधारमा राज्यशक्तिलाई लोकतान्त्रिक ढङ्गले संङ्गठित र परिचालित गर्न खोजेको छ। ‘निषेधको निषेध सम्बन्धीु द्धन्द्धात्मक भौतिकवादी दार्शनिक अवधारणालाई गहिराइका साथ आत्मसात् गर्दै गतिशील बस्तुको पतनशील पक्षलाई छाडेर सुस्थिर पक्षलाई अघि बढाउने सन्तुलनकारी मानयतालाई अघि सारेको छ। नेपाली समाजमा विकसित राष्ट्रवाद, मानवतावाद र जनवादलाई समाजको विशेषता र विशिष्टता अनुरुप अघि बढाउने जवजको यो विचार देश निमाृर्णको निम्ति सुन्दर योगदान हुनसक्छ।

पत्रकारद्वय माधव बस्नेत र मनबहादुर बस्नेतद्वारा सम्पादित राधाकृष्ण मैनालीको संस्मरणात्मक पुस्तक नलेखिएको इतिहासमा यस घटनाको बारेमा लेखिएको एक तथ्य यस्तो छ ।

दासढुंगा हत्या घटना भएको आज २३ वर्ष पुगी सकेको छ । तर पनि त्यो घटना रहस्यमय नै छ । त्यो सुनियोजित हत्या थियो या दुर्घटना त्यो भने रहस्यमयकै विषय बनेको छ ।एमालेका अध्यक्ष केपी ओली तथा एमाले उपाध्यक्ष एवं मदन पत्नी विद्यादेवी भण्डारी प्रधानमन्त्री र राष्ट्रपति भए तर पनि उनीहरुले यो घटनाको छानबिन गर्नुपर्छ भन्ने शब्दको किन उच्चारण समेत गरेनन् त्यो प्रश्न अहिले धेरै आम मानिसहरुको जिज्ञासाको विषय बनेको छ । २०५० साल जेष्ठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटना नेपाली राजनीतिक इतिहासमा पहेलीकै रुपमा छ ।

तत्कालिन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित मारिएको घटनाको छानबिन गरियो । तर, सरकार र स्वयं एमाले आफैले छानबिन गर्दा पनि त्यो सुनियोजित हत्या थियो या दुर्घटना किटान गर्न सकेन । केपी ओलीको अध्यक्षतामा गठन गरिएको छानबिन आयोगले तयार पारेको दासढुंगा काण्ड बारे एक पेजको रिपोर्ट थियो । तर अहिले त्यो रिपोर्ट कहाँ छ ? कसैलाई थाहा छैन । ओलीले तयार पारेको रिपोर्ट पार्टीलाई बुझाए या बुझाएनन् त्यो पनि पत्तो समेत छैन । २०५१ सालको एमाले सरकारमा केपी ओली गृहमन्त्री हुँदा पनि दासढुंगा काण्डको केही भरपर्दा सुचना हात परेका थिए ।

सूचनाको एउटा दृश्य यस्तो थियो , मदन– आश्रित चढेको गाडीको पछिपछि एउटा ट्रक आइरहेको थियो । त्यस ट्रकको चालकले मदन आश्रित सवार गाडी नारायणीमा खसेको देख्यो । खसिरहेको गाडीबाट सुरुमै एकजना व्यक्ति बाहिरियो । त्यसपछि ऊ नदी किनारमा पुगेर आफ्नो जिउमा पानी छर्कदै सडकतिर उक्लियो । मोरङका पार्टी कार्यकर्ताले केपीलाई यस्तो रिपोर्ट गरेका थिए तर ओलीले सुन्न चाहेनन् ।भारत नक्सालवादीमा कोठा लिएर बस्ने एकजना व्यक्तिले भनेको कुरा उद्दृत गर्दै अर्का झापाबासीले केपीलाई यस्तो रिपोर्ट दिएका थिए । हामीले नेपालमा ठूलो दुर्घटना गरायौं तर त्यसबापत पाउनुपर्ने जति रकम पाएनौं, केही समयपछि उनी कोठा सरेर गए रे । त्यो व्यक्तिको नाम, थर, ठेगाना सबै दिए पनि कतैबाट चासो देखाइएन ।

केपी ओली गृहमन्त्री हुँदा धेरै तथ्य पत्ता लाग्दा समेत केपी किन चुप बसे, यो घटनामा केपी कै हात थियो भनिन्छ , मलाई भने पूर्ण बिस्वास छ यसमा उनको हात छैन । तर घटनाका गहिराइमा पुग्दा आफै कमजोर हुन सक्ने भएकाले केपीले त्यतातिर लाग्ने हिम्मत गरेनन् । बरु परिस्थितिलाई आफु अनुकूल बनाउने प्रयत्न गरे ।यो घटनाको एक मात्र जीवित साक्षी अमर लामालाई पाँच वर्ष जेल बसेर आए पछि २०६२ साल असारमा हत्या गरियो र हत्याको आरोप नेकपा माओवादीलाई लगाइयो तर नेकपा माओवादीले हालसम्म आइपुग्दा पनि हत्या गरेको स्वीकारेको छैन र भनिरहेको छ अमर लामा हत्यामा आफ्नो संलग्नता छैन ।

अहिले यो घटना रहस्यमयको विषय बनेको छ । अमर लामालाई लखेटी लखेटी गोली हानेर मार्ने शक्ति को थियो ? हत्या किन गरियो ? त्यो काण्ड राष्ट्रियस्तरमा क्षति पुर्याउने गम्भीर षड्यन्त्र थियो । राजनीतिक घटनाक्रमलाई हेर्दा नेपालमा राष्ट्रवादी सोच राख्ने व्यक्तिहरुको अन्त्य कि त राजनीतिक रुपमा एक्ल्याएर कि त दुर्घटना निम्त्याएर गरिएको छ ।टंकप्रसाद आचार्य र डिल्लीरमण रेग्मीलाई एक्ल्याएर सिध्याइयो ।रास्त्रबादी नेताले नेपालमा ढुक्कले राजनीतिक सुतिखेती चलाउन पाएका छैनन् । वी.पी कोइराला, कृष्ण प्रसाद भट्टराई, मनमोहन अधिकारी, मदन भण्डारी, मरिचमान सिंह श्रेष्ठ यसका उदाहरण हुन् । मदन भण्डारीको राष्ट्रप्रेम त अझ एक कदम अघि थियो ।

बिहिबार, जेष्ठ ३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार