ओली र बादल बिचको विवाद कारण गृहमन्त्री बादल द्धरा राजिनामा

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले घुमाउरो पारामा माओवादीलाई टुरिष्ट र आतंककारीको बिल्ला भिराउन खोजेपछि माओवादी नेता रामबहादुर थापा ओलीप्रति आक्रोशित देखिए । बुधबार बेलुकी बसेको एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकमा ओलीले माओवादीमाथि गम्भिर आरोप लगाउँदा प्रचण्ड भने केही बोलेनन् । तर, प्रचण्ड निकै गम्भिर मुद्रामा देखिए ।

एमालेको जबज र माओवादीको माओवादलाई कसरी मिलाएर अघि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको बेला एमाले अध्यक्ष ओलीले माओवादबारेछलफल नै हुन नसक्ने बताएका थिए । जबजलाई कार्यदिशा बनाएर अघि बढ्नुपर्ने धारणा राखेका ओलीले माओवादीहरु टुरिष्ट भएको समेत बताएका थिए । बैठकका क्रममा ओलीले भनेका थिए, ‘माओवादीहरु टुरिष्ट हुन्, माओवादीलाई विश्व समुदायले आतंककारी ठान्छन् ।’

त्यति मात्रै नभएर ओलीले त्यसअघि थपे,‘हामी धेरै ठुलो पार्टी बनाउँदै छौँ, माओवादतिर फर्केर अब कहाँ हुन्छ ?’ ओलीको यो भनाईबाट आक्रोशित देखिएका माओवादी नेता रामबहादुर थापाले औला ठड्याउँदै भने, ‘भो, अब धेरै नबोल्नुस् ।’ बादलले ओलीको यो लाइनबाट एकता प्रक्रियामा समस्या आउन सक्ने बताएपछि त्यसदिनको बैठक बिना निष्कर्ष टुंगिएको थियो । गृहमन्त्री समेत रहेका माओबादी नेता रामबहादुर थापा बादलले अध्यक्ष प्रचण्ड समक्ष गुनासो समेत ब्यक्त गरेका छन्। उनले भने यदि प्रधानमन्त्रीले एकलौटी प्रवृति बन्द नगरे पद बाट राजिनामा दिने चेतावनि दिएका छन्

आइतवार, बैशाख १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार