वडाध्यक्ष राउतलाई कार्यालय भित्रै थुनेर तालाबन्दी

उदयपुर, १४ बैशाख / उदयपुरको चौडण्डिगढी नगरपालिका–९ को वडा कार्यालयमा शुक्रबार बिहान तालबन्दी गरिएको छ । वडा अध्यक्ष प्रकाश राउतलाई कार्यालय भित्रै थुनेर तालबन्दी गरिएको हो ।

सेवाग्राही प्रेमकुमार खड्कालाई दुव्र्यवहार गरेको भन्दै आक्रोशित स्थानीयले बिहान १० बजे अध्यक्ष राउतलाई भित्रै थुनेर तालबन्दी गरेका हुन् ।

वडा कार्यालय जाने सेवाग्राहीलाई वडाअध्यक्षले विभेद गर्ने गरेको भन्दै तालबन्दी गरिएको खड्कासहितले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

बिहीबार सेवा लिन वडा कार्यालय गएका खड्कालाई अपशब्द प्रयोग गर्दै आक्रमण शैलीमा जुत्ता खोलेर प्रहार गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसैबीच वडाध्यक्ष राउतले खड्का वहालवाला शिक्षक भएको र उपभोक्ता समितिमा बसेर अनियमिता गरेको आरोप लगाएका छन् ।

वडाध्यक्ष राउतले वहालवाला शिक्षकले उपभोक्ता समितिमा बसेर काम सम्पन्न गरेको सिफारिस लिन आउँदा उल्टै दुव्र्यवहार गरेको बताए । जनताको काम गर्दा गर्दैपनि खड्का लगायतको समुहले कार्यालय भित्र थुनेर तालबन्दी गरेको वडाध्यक्ष राउत्ले वताए ।

शुक्रबार, बैशाख १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार