नवराज सिलवाल लेख्नुहुन्छ : देउवाको ज्यादतिबाट मुलुकले उन्मुक्ति पायो

काठमाडौं, ३ फागुन प्रतिनिधिसभा सदस्य नवराज सिलवालले देशले अधिनायकवादी शासनबाट मुक्ती पाएको बताउनुभएको छ । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अधिनायकवादी भएको बताउँदै सिलवालले अधिनायकवादी शासनबाट मुलुकले उन्मुत्ति पाएको बताउनुभएको हो ।

देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको ५ घण्टापछि ट्वीट गर्दै सिलवालले देउवाको ज्यादतिबाट मुलुकले उन्मुक्ति पाएको बताउनुभएको हो । ‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि गर्न तयार एउटा अधिनायकवादी पात्रको ज्यादतिवाट मुलुकले आज उन्मुक्ति पाएको छ,’’ उहाँले लेख्नुभएको छ ।

बिहिबार, फाल्गुन ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार