प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद गठनः हिक्मत गृहमन्त्री र मौसम अर्थमन्त्री

विराटनगर/३ फागुन प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद गठन छ । प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले मुख्यमन्त्री शेरधन राईलाई शपथ ग्रहण गराएका छन् ।

मुख्यमन्त्री राईको सिफारिसमा प्रदेश प्रमुख गोविन्द सुब्बाले एमालेका हिक्मत कार्कीलाई गृह (आन्तरिक मामिला तथा कानुन), माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो ‘मौसम’लाई अर्थ (आर्थिक मामिला तथा योजन), एमालेका जगदिश कुशियतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र जीवन घिमिरेलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका हुन् ।

मुख्य मन्त्री र चार जना मन्त्रीले बिहीबार नै सपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख गोविन्द सुब्बाले सपथ गराएका हुन् ।

बिहिबार, फाल्गुन ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार