राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाद्वारा राजीनामाको घोषणा

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै देउवाले पदबाट राजीनामा दिएको घोषणा गरेका हुने । देउवा गएको जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । देउवाको राजीनामापछि राष्ट्रपतिले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सम्भावना छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरिसकेका छन् । संविधानअनुसार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष चुनावको परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ । आयोगले हिजो चुनावको परिणाम बुझाइसकेको छ ।

बिहिबार, फाल्गुन ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार