देउवाको ११ बजे राजीनामा, ४ बजे ओलीको नयाँ प्रधानमन्त्रीमा सपथ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विहान ११ बजे राष्टका नाममा सम्वोधन गर्दै राजीनामा दिने भएका छन् । निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेपछि वर्तमान सरकार स्वत बिघटन हुने भएपछि प्रधानमन्त्री देउवाले राजीनामा दिन लागेका हुन् ।

प्रधानमन्त्री देउवाको राजीनामा पत्र बुधवार नै तय भइसकेको छ । राजीनामा दिनुभन्दा अगाडी देउवाले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको अन्तिम बैठक बोलाएका छन् । बैठकपछि उनले राजीनामा दिने प्रेस संयोजक गोविन्द परियारले बताए ।

देउवाले राजीनामा दिएलगतै राष्टपति बिद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा आजै नियुक्त गर्ने भएकी छिन् । राष्टपति कार्यालयले आज दिउँसा ४ बजे ओलीलाई नयाँ प्रधानमन्त्रीको सपथ गराउने स्रोतले बताएको छ । देउवाले राजीनामा दिएको केही घण्टामै ओलीले सपथ लिने भएका छन् ।

बहुमतसहितको आफ्नो दावी पेश गर्न एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सितलनिवास पुगेका छन् ।

बिहिबार, फाल्गुन ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार