सिहदरवारमा प्रधानमन्त्री दावी पेशको पत्र तयार, केही बेरमा राष्ट्रपतिलाई भेट्दै

काठमाडौं, फागुन ३ नया प्रधानमन्त्री नियुक्तिको दावी लिएर बाम गठबन्धनका नेताहरु राष्ट्रपति भेट्न केहीबेरमा शितल निवास पुग्दैछन् । निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम मत परिणाम बुझाएको भोलीपल्टै बाम गठबन्धनका शिर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दावी प्रस्तुत गर्न पुग्नु लाग्नु भएको हो ।

दुईका शिर्ष नेताहरु अहिले सिंहदरवारमा नियुक्तको दावी पेश गर्ने पत्र तयार गरिरहेका छन् । पत्र तयार भएपछि शितल निवास जाने तयारी भईरहेको नेताहरुले जानकारी दिएका छन् । माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष ओलीको पक्षमा बहुमत पुगेकाले प्रधानमन्त्री नियुक्तीका लागी दावी छ, भनेर पत्रमा उल्लेख गरिएको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ जना प्रत्यक्ष र १ सय १० जना समानुपातिक प्रणालीबाट चुनिएका छन् । सरकार गठनका लागि प्रतिनिधिसभामा १ सय ३८ सिट आवश्यक छ । वाम गठबन्धन बनाएर चुनाव लडेका एमाले र माओवादी दुई दलको सिट जोडदा १ सय ७४ पुग्छ ।

प्रतिनिधिसभामा एमालेको १२१ र माओवादीको ५३ सिट छ । वाम गठबन्धनबाटै चुनाव लडेको राष्ट्रिय जनमोर्चाको १ सिट छ भने राप्रपाले गठबन्धनकै समर्थनमा एक सिट जितेको छ । प्रतिनिधिसभामा कांग्रेस ६३, राष्ट्रिय जनता पार्टी १७, संघीय समाजवादी फोरम १६, नयाँ शक्ति १, नेमकिपा १ र स्वतन्त्रबाट १ जनाको उपस्थिति छ ।
ओली यसअघि ०७२ असोज २४ गते पनि प्रधानमन्त्री बन्नु भएको थियो ।

बिहिबार, फाल्गुन ३, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार